Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा दुईको मृत्य, दश बेपत्ता दश गम्भिर

Published on 1:44:00 AM //

घनश्याम गौतम/मनोज बस्नेत 
गुल्मीको पूर्तिघाटबाट फोक्सिङ्ग तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको फोक्सिङ्ग गाविस–३ मंगलस्थान निवासी ६५ वर्षिय ओमप्रसाद राना र सोही स्थानकै २६ वर्षिया भिमकली राना रहेका छन् । ग २ च ३८६९ नम्बरको जिप गुल्मीको पूर्तिघाट गाविस–१ डाङलिङ्गमा दुर्घटनामा परेको थियो । क्षतविक्षत अवस्थामा जिप कालीगण्डकीको तिरमा फेला परेको भएपनि दुर्घटनामा अझै १० जना हराईरहेका हुँदा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ । घटनामा १० जना गम्भिर घाइते छन् । घाइतेहरुको पर्वत स्थित सेतवेणी अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताउनु भयो ।
पूर्तिघाट बजारबाट फोक्सिङ्ग गाविसका लागि दिनहुँ साँझ ७ बजे जिप छुट्ने गर्दछ । मंगलबार साँझ पूर्तिघाट बजारबाट छुटेको जिप १० मिनेटमै दुर्घटनामा परेको थियो । जिपमा झण्डै दुई दर्जन सवार रहेको र साँघुरो मोडमा लोड बढी भएपछि दुर्घटना भएको स्थानीय प्रकाश न्यौपानेले बताउनु भयो । पूर्तिघाट प्रहरी चौकीका अनुसार रातीमा भिरमा जिप दुर्घटना भएकाले हराईरहेकाहरुको खाजीमा समस्या भएको छ । घटनामा अझै १० जना भिरमै हराइरहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग