Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट ४ लाख वरावरको क्षति

Published on 3:35:00 PM //

पी.एम.मगर
गुल्मी दिब्रुङ्को एक घर गोठमा आगलागी हुँदा करिव ४ लाख रुपैयाँ मुल्य वरावरको क्षति भएको छ ।
सोमबार मध्यान्ह दिब्रुङ गाविस वार्ड नं. ८ निवासी दोववहादुर पुनको घर गोठमा आगलागी हुँदा सो क्षति भएको हो । घर भित्र खाना वनाउने क्रममा एक्कासी आगलागी भएको पीडित पुनले वताउनुभएको छ । आगलागीवाट घर भित्र रहेका सुनका गरगहना, नगद पैसा, लत्ताकपडा, अन्न सवै जलेर नष्ट हुनुका साथै खरको गोठ लगायत गोठमा राखिएको घाँसपात, काठ दाउरा सवै जलेर नष्ट भएको छ ।
घर भित्रको सामान जोगाउने प्रयास गर्दा पुनका छोरा हिमाल पुनको अनुहार, दाहिने हात, खुट्टा लगायत शरिरका विभिन्न स्थानमा आगोले पोलेपछि घाईते बन्नुभएको छ । घाईते पुनको शान्तिपुरमा उपचार गरिएको छ । स्थानीय क्षेत्रमा विद्युत संवन्धित कार्य गर्दै आउनुभएका हिमाल पुनको घरभित्र राखिएका विद्युतका विभिन्न सामाग्रीहरु पनि सवै जलेको वताउनुभयो । अहिले पुनका परिवारहरु छिमेकीको घरमा रहनुभएको स्थानीयवासी लोकनाथ खरालले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग