Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर एक जना गम्भिर घाईते

Published on 7:04:00 AM //

 पी.एम.मगर
गुल्मीको अर्खलेमा भिरवाट लडेर हिजो एक जना व्याक्ति गम्भिर घाईते भएका छन् ।
दाउरा काट्न गएको वेला अर्खले गाविस वार्ड नं. ३ भुवनपानी निवासी ४० वर्षीय जितवहादुर पन्थी सुनाखोलाको भिरवाट लडेर घाईते हुनुभएको हो । भिरवाट करिव ५० फिट तल खस्नु भएका पन्थीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालमा लगिएको पद्मा कुवँरले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग