Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भण्डारीको हत्याले सिंगो जिल्ला शोकमा

Published on 6:27:00 PM //

घनश्याम गौतम 
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं कांग्रेस योद्धा फणिन्द्र भण्डारीको शुक्रवार काठमाण्डौमा भएको हत्या खबरले नेपाली कांग्रेससंगै सिंगो जिल्ला शोकमा डुबेको छ ।
हुँगा–७ का ४५ वर्षिय भण्डारी २०३४ सालमा नेविसंघबाट राजनीति शुरु गरेर तिन पटकसम्म नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, लामो समयसम्म जिल्ला सदस्य हुँदै एक वर्ष अगाडीसम्म जिल्ला सचिव थिए । २०४६ सालको जनआन्दोलनमा अग्रसर भएकै आरोपमा पञ्चायती सरकारले मार्ने निर्णय गरेको खबर बिबिसि नेपाली सेवाबाट प्रसारण भएपछि उनी बाँच्न सफल भएका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष हरी न्यौपानेका अनुसार २०४६ सालदेखि नै राज्यले उनलाई जिउँदो सहिद घोषणा गरेको थियो । भण्डारी २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा सहभागी भएको आरोपमा २३ दिन पाल्पाको जेल जिवन भोगेका थिए । जिल्लामा लोकप्रिय बनेका नेता भण्डारीका १ छोरा, १ छोरी र श्रीमति छन् । भण्डारीको काठमाण्डौ सुन्धारा स्थित स्वस्तिक होटलमा हत्या भएको थियो । शरिर निलडामैडाम भएको र तकियामा रगत लतपतिएकोले प्रहरीले हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग