भ्यासेकटोमि र मिनिल्याप सेवा संञ्चालन
Published on
2:14:00 PM //
शोभा आचार्य
बाग्लुङ जिल्लाको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा पुरुषका लागि भ्यासेकटोमि र महिलाका लागि मिनिल्याप सेवा संञ्चालन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय बाग्लुङको आयोजनामा संञ्चालन भएको शिविरमा हिल, अर्गल, पाण्डवखानि, सिसाखानि, हरिचौर, मल्ल, हटिया र काडेवासं गाविसका गरी ९ जना पुरुषले भ्यासेकटोमि र १२ जना महिलाले मिनिल्याप सेवा लिएका थिए । साथै माघ ११ र १२ गते बुर्तिवाङमा पनि सो सेवा संञ्चान सञ्चालन गरिने छ ।