Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मालिकाको स्वर्ण महोत्सवको तैयारी

Published on 7:59:00 PM //

 पी.एम.मगर

गुल्मीको सदरमुकाम तमघासदेखि ९ कोष उत्तर पश्चिममा रहेको मालिका उच्च माध्यमिक विद्यालय, मरर्भुङ्ग सिमलटारीले स्वर्ण महोत्सव मनाउन लागेको छ ।
विक्रम संवत २०१६ सालमा स्थापना भई शैक्षिक गतिविधीलाई अगाडी वढाउंदै आएको उक्त विद्यालयले यही माघ २५ गतेदेखि फाल्गुन २ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । सिमलटारी क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको मालिका उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सफल वनाउन त्यस क्षेत्रका स्थनीयवासीहरु समेत लागि परेका छन् । 

स्वर्ण महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यवहादुर जिसीको अध्यक्षतामा १ सय २१ सदस्यीय विद्यालय स्वर्ण महोत्सव मुल आयोजक समितिको गठन गरिएको छ । त्यस्तै जिसीकै संयोजकत्वमा २७ सदस्यीय आर्थिक, विज्ञापन तथा सुचना संकलन उपसमिति, दिवाकर अर्यालको संयोजकत्वमा ९ सदस्यीय तथ्याङ्क संकलन उपसमिति, भेषवहादुर जिसीको संयोजकत्वमा ७ सदस्यीय भौतिक तथा मञ्च व्यवस्थापन उपसमिति, वासुदेव अर्यालको संयोजकत्वमा ६ सदस्यीय समारोह व्यवस्थापन उपसमितिको गठन गरिएको छ । त्यसै गरी दुर्गा अर्यालको संयोजकत्वमा ४ सदस्यीय सांस्कृतिक व्यवस्थापन उपसमिति, रामचन्द्र गौतमको संयोजकत्वमा ११ सदस्यीय खेलकुद सञ्चालन उपसमिति, रोशनकुमार पौड्यालको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार उपसमिति, रुद्रवहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति, हेमवहादुर पौड्यालको संयोजकत्वमा ३ सदस्यीय प्राथमिक उपचार उपसमिति, विष्णु अर्यालको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार उपसमिति र चक्रपाणी अर्यालको संयोजकत्वमा ७ सदस्यीय पुरस्कार वितरण उपसमितिको गठन गरिएको छ ।
 विद्यालयले यतिवेला स्वर्ण महोत्सवलाई मध्यनजर गर्दै आर्थिक संकलन कार्यलाई पनि तिव्रता दिएको छ । अहिलेसम्म करीव ८ लाख रुपैयां रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यवहादुर जिसीले जानकारी दिनुभएको छ । आर्थिक संकलनकै क्रममा मर्भुङ्ग सिमलटारीका दुर्गाचन्द्र वोहोराले आफ्नो हजुरवाको नाम विद्यालयको सिङ्गमरमरमा लेखाउन ३३ हजार तीन सय र वुवाको नाम लेखाउन २२ हजार रुपैया गरी ५५ हजार तीन सय रुपैयाँ विद्यालयलाई प्रदान गर्नुभएको छ । त्यस्तै सोही स्थानका कलानिधी पौडेलले ३१ हजार पचास रुपैयाँ र लिलाधर पौड्यालले ३१ हजार पाँच रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
विक्रम संवत २०३० सालमा माध्यमिक विद्यालयको रुपमा स्थापित भई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले २०५४ साददेखि उच्च माध्यमिक विद्यालयको कक्षा पनि सञ्चालन गर्दै आएको छ । गाउँ स्तरमै उच्च माध्यमिक विद्यालयको कक्षा सञ्चालन भएपछि त्यस क्षेत्रका विद्यार्थीहरु लाभाम्वित भएका छन् भने आफ्ना छोराछोरीहरुले घरमै वसी उच्च शिक्षा लिन पाएको र सानो खर्चले पनि पुर्याउन सजिलो भएको स्थानीयवासीले वताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग