Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ परिषद समपन्न

Published on 5:30:00 PM //

मनोज बस्नेत/रेडियो स्काई

हिजोँ देखि सुरु भएको गुल्मीको बामि गाविसको गाउँ परिषद बिभीन्न क्षेत्रमा रकम बिनीयोजन गर्दै आज सम्पन्न भएको छ ।

गाविस सचिव महेन्द्र चौधरिको अध्यक्षता रहेको गाउँ परिषदले वामिमा क्रियाशिल राजनितीक दल, बिभीन्न सघं सस्थाका प्रमुख तथा प्रतिनीधी साथै पत्रकारको सहभागिता सहित छलफल गरि बिभीन्न क्षेत्रमा रकम बिनीयोजन गरेको छ । जसमा रुद्रावति क्यामपस वामिको भवन निमार्णको लागि १३ लाख ९१ हजार ९ सय २४ रुपैँया, महिला विकासको लागि ६० हजार रुपैँया, एकल महिलाहरुको लागि २५ हजार दुई सय पाँच रुपैँया, असहाय, बालबालिका तथा महिलाहरुको लागि ८५ हजार दुई सय पाँच रुपैँया र दलित, आदिवासी, जनजाती, अपाङ्गको लागि एक लाख २९ हजार चार सय ८६ रुपैँया गरि १७ लाख ३२ हजार सात सय ३४ रुपैँया बिनीयोजन गरिएको छ ।
त्यस्तै एलजिसीडिपी अन्तरगतको रकम मध्ये हेल्थ पोष्टको लागि ६४ हजार आठ सय ९३ रुपैँया, दलित, आदिवासी, जनजाती, अपाङ्गको लागि पनि ६४ हजार आठ सय ९३ रुपैँया र वामि वाड नम्ंबर एक, दुई र तिनमा ढल निमार्णको लागि तिन लाख दुई हजार आठ सय ३४ रुपैँया बिनीयोजन गरिएको छ । रकम बिनीयोजनमा गाविसमा आएको रकम मध्ये अधिकासं रकम शिक्षाको क्षेत्रमा बिनीयोजन गरि उदाहरणिय काम गरिएको सहभागिहरुको भनाई रहेको छ । 
कार्यक्रम वामि हेल्थ पोष्टका ईनचार्ज नारायण सापकोटाको सञ्चालनमा सम्पन्न भएको वामिबाट पत्रकार लोक प्रशाद छनत्यालले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग