Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै बेतमा ६ ओटा पाठा–पाठी

Published on 7:03:00 PM //

शिबलाल सुबेदी
सुन्दा पनि अचम्म लाग्न सक्छ गुल्मीमा एउटा बाख्राले एकै बेतमा ६ ओटा पाठा–पाठी जन्माएको छ ।
पिपलधारा गाविस वार्ड नम्बर ७ कटैजे निवासी कुष्ण प्रसाद खनालको बाख्राले यसरी एकै बेतमा ६ ओटा पाठापाठी जन्माएको हो । हिजो साझँ ८ बजेतिर एकै बेतमा ४ पाठी र २ पाठा एक घण्टाको अवधिमा पाठापाठी जन्माएको खनालले बताउनु भएको छ । जन्मेका मध्ये एक पाठी आमाले कुचेपछि मरेको छ भने अन्य पाँच स्वस्थ्य र सकुशल नै रहेका छन ।
खनालको घरमा छ पाठापाठी जन्मेपछि उहाँको घरमा आज दिनभर पाठापाठी हेर्नका लागि स्थानीयवासी ,पत्रकार लगायतको भिड लागेको स्थानीय बिद्यालयका शिक्षक केशव खनालले जानकारी दिनुभएको छ । खनाल गाउँकै सदावहार बहुउद्देश्यीय कृषक समुहका अध्यक्ष समेत रहनु भएको छ ।
१० वर्षमा २७ पाठापाठी यसैले मात्र जन्मायो’, खनालले भन्नुभयो अहिलेमात्र छ जन्माएपछि निकै खुशी लागेको छ ।’ उहाँले यस अघि जन्माएका २१ खशीबोका विक्रि गरेर २ लाख भन्दा बढी आम्दानी गरेको बताउनु भएको छ । खनालको घरमा हिजो जन्मेका बाहेक ९ बाख्रा रहेका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग