Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ अधिवेशन सम्पन्न

Published on 6:30:00 PM //

पी.एम.मगर
नेकपा एमाले तमघास गाउँ कमिटिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्तले समसामयीक राजनीतिक परिस्थितिको चर्चा गर्दै संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउनु आजको प्रमुख कार्य भएको वताउँदै यसका लागि एकीकृत नेकपा माओवादी वाधक रहेको र पालुङ्गटारको वैठकपछि माओवादी थप द्धिविधामा रहेको
वताउनुभएको छ । अधिवेशनले दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा २१ सदस्यीय तमघास गाउँ कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नारायण वराल, सचिव शंकर नेपाली, सहसचिव रघुनाथ पन्थी लगायत रहनुभएको छ ।
नेकपा एमाले तमघास गाउँ कमिटिका निवर्तमान अध्यक्ष गुणनीधि शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सह सचिव वालसिँह काउछा, जिल्ला कमिटि सचिवालय सदस्य डिल्लीराज भुसाल, जिल्ला सदस्य जङ्ग नेपाली, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष खड्ग के।सी, वुद्धिजीवि परिषदका अध्यक्ष तथा जिल्ला कमिटि सल्लाहकार सिता भण्डारी, यवक संघका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य कृष्ण भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम कृष्ण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै नेकपा एमाले पाल्पाले सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत आज भुवनपोखरी गाविस वार्ड नं. २ मा वार्ड भेला सम्पन्न गरेको छ । भेलाले धुर्ब लम्सालको अध्यक्षतामा १९ सदस्यीय नेकपा एमाले र सन्तोषी ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल महिला संघ, भुवनपोखरी वार्ड नं. २ को गठन गरेको छ । धुर्ब लम्सालको अध्यक्षता, धनवहादुर रायमाझीको स्वागत मन्तव्य तथा सुर्य पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कमिटि सदस्य सुर्य पौड्याल, खिमकला दर्लामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग