Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी युनियनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

Published on 11:07:00 AM //

 पी.एम.मगर
नेपाल निजामती कर्मचारी युनियन गुल्मीको पाँचौँ जिल्ला अधिवेशन हिजो सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
“शान्ति सुरक्षा, उचित तलवमान र वृत्ति विकासको सुनिश्चितता, सुशासन र जनमुखी संविधान हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य वालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठले कर्मचारीहरु आफ्नो पेशागत हकहितका लागि सशक्त रुपमा उभिन नसकेको धारणा राख्दै कर्मचारी एकतामा जोड् दिनुभएको थियो । कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति चन्द्र वहादुर के.सी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्थ, सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपाली, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, स्वास्थ्यकर्मी संघका केन्द्रीय प्रतिनिधी कृष्ण पन्थी, निजामति कर्मचारी सेवा निवृत मञ्चका अध्यक्ष महाशर्मा भण्डारी, स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष श्यामसुन्दर पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लोकनाथ मरासिनी, पत्रकार घनश्याम गौतम लगायतले अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युनियनको निवर्तमान गुल्मी जिल्लाका अध्यक्ष जयश्वर पन्थीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा निवर्तमान उपाध्यक्ष खिमलाल पाण्डेको
स्वागत मन्तव्य र गणेशवहादुर खत्रीको सञ्चालन रहेको थियो । यसैवीच आजै सम्पन्न वन्द सत्रवाट सर्वसम्मत रुपमा जिल्ला स्वास्थ्य कार्यालयका शाखा अधिकृत खिमलाल पाण्डेको अध्यक्षतामा नेपाल निजामति कर्मचारी युनियन गुल्मीको नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा जिल्ला हुलाक कार्यालय गुल्मीका प्रमुख हरीप्रसाद गैरे, सचिव जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पिताम्वर पन्थी, कोषाध्यक्ष जिल्ला पशु सेवा कार्यालयका लेखापाल हरीप्रसाद ज्ञवाली, सहसचिव अर्जै गाविसका गाविस सचिव चिरञ्जीवि घिमिरे लगायत रहनुभएको छ । समितिको ८ जना सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको थियो भने ४ जना केन्द्रीय प्रतिनिधीका लागि ७ जनाको उम्मेदवारी परेको थियो । प्रतिनिधीको छनौट प्रकृया अहिले चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जानकारी दिनुभएको
छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग