Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरवासीहरु एक सातादेखि सञ्चार बिहीन

Published on 6:13:00 PM //

 शिबलाल सुबेदी
शान्तिपुर गाविसमा रहेको स्काई टेलिफोनका टावर मर्मत नहुदाँ त्यस क्षेत्र आसपासका स्थानीयवासीहरु संचार सम्पर्क विहीन बनेका छन ।

शान्तिपुर क्षेत्रमा रहेको एक मात्र टावर एक हप्तादेखि बन्द भएपछि त्यस क्षेत्रका हजारौँ सर्वसारधण संचार सम्पर्क विहिन भएका हुन । सोलारबाट संचालन गरिएको सो टावरमा खराबी आएको र भैरहवाबाट प्रावधिक टोली आएपछि मात्र टावर सञ्चालनमा आउने नेपाल टेलिकम कार्यालय गुल्मीका प्रमुख रामशरण महर्जनले बताउनु भएको छ । जिल्लाका बिजुली नपुगेका शान्तिपुर, छापहिले, धुर्कोट, ठुलोलुम्पेक लगायतका गाविसमा सोलार सिस्टमबाट टेलिकमले टावर संचालन गरी सेवा दिंदै आइरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग