Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पस चलाऊ

Published on 8:32:00 PM //

 घनश्याम गौतम 

रेसुङ्गा क्याम्पसमा शिक्षाप्रेमीको शालिक राख्ने विषयलाई लिएर भएको तनाव साम्य पार्न र बन्द क्याम्पस प्रशासन सुचारु गर्न जिल्लामा क्रियाशिल राजनीतिक दल सहितको सर्वपक्षिय बैठकले क्याम्पस प्रशासन र संचालक समितिसंग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु बलालका अनुसार सोमबारको सर्वदलीय बैठकले क्याम्पसका जग्गादाता एवं संचालक समितिका संस्थापक अध्यक्ष परमानन्द भण्डारीको शालिक अनावरण कार्यक्रममा नेविसंघका विद्यार्थीहरुद्वारा असहमति व्यक्त गर्ने क्रममा अप्रिय घटना घटेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विद्यार्थी संगठनको ध्यानाकर्षण समेत गराएको छ । क्याम्पस साधारण सभा, संचालक समिति र विद्यार्थी संगठनबिच तालमेल गर्न क्याम्पस प्रशासनको ध्यान नपुगेको घटना हुन गएको ठहर समेत बैठकले गरेको छ ।
पुष १४ गते क्याम्पसको २६ औं क्याम्पस सभामा शालिक अनावरण गर्ने विषयमा विवाद बढेपछि शालिक तोडफोड भएको थियो । अनावरणका क्रममा हातपात भएको भन्दै क्याम्पस संचालक समितिका अध्यक्ष नन्दराम भुसालले राजिनामा दिएका थिए । क्याम्पस संचालक समितिले शिक्षा क्षेत्रमा उल्लेख्य सहयोग पु¥याएको भन्दै क्याम्पस सभाका अवसरमा क्याम्पस परिषरमा उनको अर्धकदको शालिक अनाबरण गर्ने निर्णय गरेको थियो । निर्णय प्रति नेविसंघले भने असहमति व्यक्त गर्दै क्याम्पसका पुर्व स्ववियू सभापति एवं शहिद सागरसिंह ठकुरीको समेत शालिक राखिनु पर्ने माग गरेको थियो ।
शालिक तोडफोड भएपछि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले क्याम्पस प्रशासन अनिश्चितकालका लागि बन्द गराएका थिए । सर्वदलिय बैठकले क्याम्पस प्रशासन र स्थगित सभा समेत सुचारु गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेको नेपाली कांग्रेस जिल्ला सचिव विष्णु बलालले बताए । रेसुङ्गा क्याम्पसका लागि २०४२ सालमा जग्गा प्रदान गरेका स्वर्गिय भण्डारीले क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ४ लाखको अक्षयकोष स्थापना गरिदिएका छन भने जिल्लाका एक दर्जन शैक्षिक संस्थामा लाखौं रकम सहयोग गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग