Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महांसघ गुल्मीको बैठक सम्पन्न

Published on 5:50:00 PM //

शिबलाल सुबेदी 
नेपाल पत्रकार महांसघ जिल्ला शाखा गुल्मीको बैठक सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
पत्रकार महासंघबाट विगतमा सदस्यता लिई बैदेशिक रोजगारमा जानुहुनु मध्ये १ जना बाहेक २८ जना सदस्य पत्रकारहरुको सदस्यता बैठकले नविकरण गरेको छ भने नयाँ आवेदक मध्ये १३ जनाको सदस्यता कायम गरेको छ । त्यस्तै पत्रकार महासंघ गुल्मी शाखा कार्यालयको भवन निमार्ण गर्न घडेरी र सेफ्टी ट्याङ्की खन्ने कार्यकालागि रु ४५ हजार भुक्तानि दिने निर्णय बैठकले गरेको छ । सार्थै बैठकले महासंघका पूर्व सभापति एवं केन्द्रिय पार्षद हरि कुमार श्रेष्ठको संयोजकत्वमा ११ सदसीय भवन निमार्णका लागि आर्थिक सकंलन उपसमिति समेत गठन गरेको छ । बैठकले बैवाहिक सम्बन्ध स्थापीत गर्ने महासंघका सदस्य ज्ञान बहादुर महत्तरा, नरेश भण्डारी, केन्द्रिय पार्षद गणेश श्रीपाली, रेडियो स्काईका शिवलाल सुवेदी र रेडियो रेसुङ्की सिता भण्डारीलाई सफल दाम्पत्य जीवनको हार्दिक बधाई दिएको छ । यता पत्रकारद्धय सान भुसाल र घनश्याम भुसालका पिताको निधनप्रति बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग