Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारका लागि नागरिक सञ्जाल

Published on 8:49:00 PM //

 पी.एम.मगर
अनौपचारिका क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा गुल्मी जिल्लामा सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाको भेलाले मानवअधिकारको लागि नागरिक संजाल गुल्मी गठन गरेको छ ।

जिल्लामा मानवअधिकार संरक्षण तथा सम्बद्र्धनलाई प्रभावकारी रुपले संचालन गर्नको लागि गोलबन्द भई जिल्लामा मानवअधिकारको क्रियाकलापलाई व्यवस्थित गर्ने उद्देश्यले सिर्जनशिल सामुदायिक विकास केन्द्रका अध्यक्ष दानबहादुर के.सी.को अध्यक्षतामा सञ्जालको गरेको छ। संजालको सचिवमा इन्सेक प्रतिनिधि नरेशकुमार भण्डारी र सदस्यहरुमा इन्सेक जिल्ला कार्यक्रम संयोजक यज्ञप्रसाद भुसाल, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष विष्णुप्रसाद भण्डारी, मानवअधिकार सचेतन संस्था नेपालका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल वार एशोसिएसनका
कोषाध्यक्ष टुकबहादुर कुँवर, महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सिता भुसाल, दलित महिला संघका अध्यक्ष कमला बराल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवराज भुसाल, कान्तिपुर पलिकेसनका संवाददाता घनश्याम गौतम, गणत्रान्त्रीक संचारकर्मी मञ्चका सचिव प्रेम सुनार, रेडियो रेसुङ्गाका पि.एम. मगर, रेडियो गुल्मीकी गगनशिला खड्का, रेडियो स्काईका शिवलाल सुवेदी रहनुभएको छ ।
त्यसै गरी मानवअधिकार एलाएन्सका सचिव छविलाल वि.क., उत्पीडित समुदाय उत्थान केन्द्रका कोषाध्यक्ष धनेन्द्र वि.क., परिकल्पना पहलका कोषाध्यक्ष शान्ता पोखरेल र मानवअधिकार शिक्षा क्लवका ऋषिराज भुसाल पनि सञ्जालको सदस्य रहनुभएको छ । इन्सेक गुल्मीका संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षता र इन्सेक प्रतिनिधि नरेश भण्डारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा नवगठित संजालका संयोजक दानबहादुर के।सी।ले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै जिल्लामा मानवअधिकार आन्दोलनमा एकतावद्ध प्रयासको सुरुवात भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले यो अभियानलाई सशक्त ढंगले अगाडि बढाउने र अभियानमा थप संघ संस्थालाई पनि समेट्दै जाने बताउनुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग