Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संगीनी सुई सम्वन्धी तालिम शुरु

Published on 5:40:00 PM //

विष्णु पौडेल/सामुदायिक रेडियो स्काई

"घरघरमा स्वास्थ्य" भन्ने मुल नाराका साथ नेपाल सी. आर. एस. कम्पनीको नयाँ कार्यक्रम अन्तर्गत गुल्मीको सदरमुकाम तम्घासमा संगीनी तीन महिने सुई सम्वन्धी ३ दिने आधारभुत तालिम शुरु भएको छ ।

कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै नेपाल सी. आर. एस. कम्पनीका पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रवन्धक सुरज शर्माले तालिममा सिकेका सवै कुरालांई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । भी एस आई डि को सहयोग र सी. आर. एस.को आयोजनामा भएको तालिममा विभिन्न निजि क्षेत्रवाट सञ्चालित खुद्रा औषधी पसल तथा सामुदायिक स्वास्थ्य केन्द्रका २८ जना कार्यर्ताको सहभागाीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भेषराज पोख्रेल, सुरज भुसाल लगायले मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल प्रजनन् सेयर केन्द्रका सहजकर्ता त्रिपुरारी विनोद पोख्रेलले सहजीकरण गर्नुभएका थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग