Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल हल्लाउने आधा दर्जन सुपरहिट थप्पडकाण्ड !

Published on 2:49:00 AM //

देविप्रसाद रेग्मीले झलनाथ खनालका गालामा हानेको थप्पडले देशै हल्लियो । थप्पड खाएको तीनहप्ता नपुग्दै झलनाथ खनाल प्रधानमन्त्री भए ।
तर नेपाली राजनीतिमा यो थप्पड पहिलो भने होइन । अरु धेरै थप्पडकाण्ड भएका छन् नेपालमा । देशै हल्लाउने ६ वटा थप्पडकाण्ड भएका छन् नेपालमा । अब सातौ थप्पड कस्का गालामा पर्ने हो  अहिले नै भन्न सकिन्न ।

थप्पड नम्बर १

कुरा पचायतकालको हो , त्यतीबेला स्वास्थ्यमन्त्री थिए –  बद्रीप्रसाद मण्डल । उनले वीर अस्पतालकी एकजना नर्सलाई थप्पड लगाए । हातपात गरेपछि ठूलै हंगामा मच्चियो । हातपातको घटना भएको १२ घण्टामात्रै भएको थियो, स्वास्थ्यमन्त्री रहेका मण्डललाई मन्त्रीपदबाटै मुक्त गरियो ।

थप्पड नम्बर २

२०५० साल साउन ६ गते बुधबार संसद भवन सिंहदरबारमा संसदको बैठक चलिरहेको थियो । एमालेका तत्कालिन सभासद गोल्छे सार्की बोलिरहेका थिए । त्यतीबेला स्थानीय विकाशमन्त्री थिए कांग्रेस नेता रामचन्द्र पौडेल । आफू बोलिरहंदा स्थानीय विकाशमन्त्री पौडेलले जिस्काएको भन्दै एकाएक रन्किए गोल्छे सार्की । अनी सरासर मन्त्री पौडेलका गालामा पांच चड्कन लगाइदिए । संसद बैठकमा खैलाबैला नै मच्चियो । हातपात गर्ने गोल्छे सार्कीमाथि कारवाही भयो ।

थप्पड नम्बर ३

२०६६ साल कार्तिक २४ गते मंगलबार तत्कालिन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पसा्रका सिडिओका गालामा पांच थप्पड लगाइन् । दिउसो साढे १ बजे पसा्र जिल्ला प्रशासन कार्यालयभित्र  प्रवेश गरी करिमाले प्रजिअ दुर्गाप्रसाद भण्डारीलाई चड्कन लगाइन् । करिमाले हातपात गर्दा भण्डारीको चस्मा फुट्यो । करिमालाई कारवाही भएन ।

थप्पड नम्बर ४

२०६५ साल जेठ १५ गते बुधबार । संविधासभाको पहिलो बैठक । सुर्खेतकी सभासद् कमला शर्माले पूर्वगृहमन्त्री तथा कांग्रेस सभासद् पूर्णबहादुर खड्कालाई चड्कन लगाइन् । त्यो पनि हातले होइन चप्पल फूकालेर । त्यसपछि बैठकमा नै हंगामा भएको थियो । त्यतीबेला कमला शर्माप्रति नै धेरैले सहानुभूती देखाए ।

थप्पड नम्बर ५

२०६७ साल माघ ६ गते । एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरी भरौल १ का देविप्रसाद रेग्मीले गालामा चड्कन लगाए । खनालले एमालेमा प्रवेश गर्ने कार्यकर्तालाई टिका लगाउने क्रममा लाइनमा आएका रेग्मीले खनाललाई चड्कन लगाएका हुन् । यो चड्कनले पनि विश्वव्यापी चर्चा पायो । त्यसको तीनहप्ता बित्न नपाउदै झलनाथ खनाल मुलुकका प्रधानमन्त्री भए ।

थप्पड नम्बर ६

२०६७ माघ १८ गते । एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीलाई एमालेकै कार्यकर्ताले दुई झापड लगाए । अधिकारीलाई एमालेकै पार्टी कार्यालय अगाडि थप्पड लगाइएको थियो । तर झलनाथमाथिको थप्पड चर्चामा रहेको बेलामा यो थप्पड चर्चामा भने आयो ।

( यो समाचार ओरिजिनल्ली नेपाली अन्लाईन समाचार पोर्टल विश्व न्युज डट कममा प्रकाशित भएको थियो । )

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग