Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युद्ध चर्किने संभावनाले एमालेलाई समर्थन: सभाषद सागर

Published on 2:23:00 AM //

सीता भण्डारी
देशमा फेरी पनि युद्ध चर्किन सक्ने सम्भावना भएकोले माओवादीले सरकार गठनमा एमालेलाई समर्थन गरको एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ का सभासद् चन्द्रवहादुर थापा सागरले वताउनुभएको छ ।

संविधानसभाको सवैभन्दा ठुलो दल भएकोले देशमा युद्ध हुन नदिनको लागी आफ्नो पार्टीले एमालेको नेतृत्व स्वीकार गरेको उहाँले वताउनुभएको छ । हिमालय उच्च माध्यमिक विद्यालय हस्तिचौर २ हर्पुकोट गुल्मीको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै उहाँले यस्तो कुरा वताउनु भएको हो ।
उहाँले जसरी अहिले यस विद्यालयले स्वर्ण महोत्सव मनाईरहेको छ त्यसरी नै अर्को वर्ष हिमालय वहुमुखी क्याम्पस वनाउनका लागि आफ्नो तर्फवाट सक्दो प्रयास गर्ने वताउनुभएको छ । साथै निर्माणधीन विद्यालय भवनको लागी पनि आफुले आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले शिक्षा क्षेत्रलाई शान्तिपुर्ण क्षेत्र वनाई वालवालिकाको भविष्य उज्वल वनाउनका लागी सवै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड् दिनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, जिल्ला विकास समितिका योजना अधिकृत भक्तिराम मरासिनी, प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदी, निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर घिमिरे, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार, शिक्षाप्रेमी, वुद्धिजीवी, व्यापारी, समाजसेवी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
२०१७ सालमा स्थापना भएको उक्त बिद्यालयले २०३२ सालमा निम्न माध्यमिक, २० ४५ सालमा माध्यमिक र २०६५ सालमा उच्च माध्यमिक तहको स्वीकृत पाएको थियो । हस्तिचौर, वडागाउँ र मुसीकोट गाविसका गरी ६ सय १६ जना विद्यार्थीले अहिले अध्ययन गरिरहेको सो विद्यालयले विभिन्न आरोह, अवरोह पार गर्दै यस अवस्थामा आएको विद्यालयले श्रोतले जनाएको छ । आजदेखि शुरु भएको स्वर्ण महोत्सवमा माघ २८ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्णवहादुर कँुवरको सभापतित्व, प्राचार्य दधिराम पन्थीको स्वागत र शिक्षक इन्द्र महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग