Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले जिल्ला कमिटी बैठक सम्पन्न

Published on 3:09:00 PM //

शिबलाल सुबेदी
नेकपा एमाले जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य एवं प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले आगामि दिनमा पार्टीले सञ्चालन गर्ने जिल्ला ब्यापी सगंठन सुद्धढीकरण अभियानको योजना निमार्ण गरेको छ । निमार्ण गरेको योजना अनुसार आगामि फागुन ७ गते क्षेत्र नम्बर २ को श्रृंगामा, १४ गते क्षेत्र नम्बर १ को जोहाङ खैरेनीमा  र क्षेत्र नम्बर ३ को छल्दी पनाहमा क्षेत्रिय प्रतिनिधी परिषद भेला गर्ने , पार्टी गाउँ कमिटीका अधिबेशन तथा भेला गर्ने जनसगंठन निमार्ण र बैठक गर्ने, प्रत्येक घर परिवार सम्म पार्टिलाई पुर्याउने, प्रशिक्षण सदस्यता बितरण गर्ने जस्ता योजनाहरु रहेका छन । साथै अभियानको अन्त्यमा क्षेत्र नम्बर ३ को सिमलटारी, २ को बलेटक्सार र १ को मजुवामा चैत्र २६ गते क्षेत्रिय सभा गर्ने समेत निर्णाय गरेको छ । सम्पन्न बैठकमा पोलिटब्युरो सदस्य एवं प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीले बर्तमान राजनितीक परिस्थिती नयाँ सरकार निमार्ण र चुनौती तथा पाटीको भुमिकाको बिषयमा प्रशिक्षण मन्तब्य राख्नु भएको थियो । त्यसै गरि नेकपा एमाले अञ्चल समन्वय कमिटी सचिव खिमलाल भट्ट्राई , सदस्यहरु टोमलाल पाण्डे, कोशल पोखरेल, झपेन्द्र जि.सी. र मैना भण्डारी लगायतले पनि मन्तब्य राख्नु भएको थियो । बैठक नेकपा एमाले गुल्मीका अध्यक्ष बोम बहादुर खड्काको अध्यक्षता र सचिव सोमनाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग