Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सीपमुलक काम सिक्दै महिला समुहहरु

Published on 10:59:00 AM //

शिबलाल सुबेदी
सधै चुलो र चौकोमा मात्रै सीमित रहेका यहाँका महिलाहरु यतिबेला सीप सीकेर आत्मनिर्भर बन्न तर्फ लागेका छन ।
गुल्मी ठुलो लुम्पेक गाविसका महिलाहरु सधै घरको काममा मात्र समय बिताएका महिलाहरु यतिवेला सीपमुलक काम सीक्नतर्र्फ अग्रसर बन्दै बनमा खेर गईरहेको अल्लो र सीस्नोवाट कपडा वनाउन लागेका हुन । गुल्मी ठुलो लुम्पेक गाविसका महिलाहरुले विभिन्न आमा समुहहरु ,महिला समुहहरु , महिला मण्डल र सीपमुलक तालिम प्रदान गर्ने विभिन्न संघ संस्थाको माध्यमवाट सीपमुलक काम सीकेर आत्म निर्भर वन्नतर्फ लागेका हुन ।
बनमा खेर गएको अल्लो र सिस्नोबाट कसरी कपडा बनाउनु हुन्छ त भन्ने प्रश्नमा सिपमुलक तालिमको नेतृत्व गरिरहेकी ठुलो लुम्पेक ७ की नीरु राहडी मगर यसो भन्छीन “बनमा खेर जाने गरेको अल्लो र सीस्नोको वोक्रा ताछेर तातोपानीका पकाएर घाममा सुकाई त्यसलाई धागोमा बनाउने अनि केहि दिन पछि कपास बनाएर धागो काटी सल, स्वीटर, टोपि दौरा सुरु वाल लगायतका पोसाक बनाउन सकिन्छ । यस्तो काम कसरी कहाँबाट सिकेर आउनु भयो भन्दा पुन निरु थप्छिन“ नेपालगञ्जबाट आएको एक टोलीले हामीलाई यो काम सिकाइदियो अनि त्यही सिपलाई प्रयोगमा ल्याएको बताउछिन । ४६ बर्षीय अविवाहित निरुले शुरुमा आफुले एक्लै सिकेको सिप यतिबेला गाउँमा रहेका अन्य महिला हरुलाई पनि सिकाईरहेकी छन । सीप सिक्न र सीपलाई बिस्तार गर्न यतिबेला त्यस क्षेत्रमा बिभिन्न महिला समुहहरु गठन गरिएको छ । आफुले सिकेको
सीपलाई सही सदुपयोग गदै अरुलाई सिकाउन लागेका छौ पहिले निरु दिदीले सिक्नु भयो अहिले अरुलाई पनि सिकाउन लाग्नु भएको छ” ठुलो लुम्पेक महिला मण्डलकी अध्यक्ष भीमकुमारी सापकोटा बताउछिन ।
अल्लो र सीस्नोवाट कपडा वनाउने काम नयाँ र श्रृजनात्मक मानीन्छ यहाँका सम्पुर्ण संघसंस्थाले सहयोग गरेमा आत्मनिर्भर वन्न सजिलो हुने थियो निरु सहित त्यहाँका महिलाहरुहरुको भनाई रहेको छ । त्यहाँका महिलाहरुले जिल्लाबाट तथा अन्य क्षेत्रहरुबाट सहयोग पाएमा आफुहरुले सिकेको उक्त सिपलाई अन्य ठाउँहरुमा पनि सदुपयोग गर्ने बताएका छन । यता जिल्लामा जानकारी गराउदा जिल्लाबाट आफुहरुको उक्त सिपको कुनै सुनुवाई नभएको बताउछन त्यहाँका महिला समुह तथा महिला मण्डलहरु । 
यस सिपमा सबै क्षेत्रको ध्यान जाने हो अवश्य पनि चुलो र चौकोमा मात्र सिमती भएका दिदी बहीनीहरु अव सिप मुलक कामबाट आत्म निर्भर बन्ने कुरामा कुनै शकां छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग