Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार गर्न नसकेपछि आत्महत्या

Published on 5:02:00 PM //

घनश्याम गौतम
वर्ष देखि रोगले थलिएका गुल्मीको बडागाउँका एक बृद्धले आर्थिक अभावमा उपचार नपाएपछि आज विहान झुण्डिएर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार बडागाउँ–७ थुम्काका ६८ वर्षिय कलानिधी भट्टराईले घर नजिकैको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले पनि रोग र गरिबीकै कारण आत्महत्या गरेको अनुमान गरेको छ । पोष्टमार्टममा अन्य केही नदेखिएको प्रहरीले जनाएको छ । स्थानीय ओमराज रिजालका अनुसार भट्टराई ५-६ वर्ष देखि छाती र दमको रोगबाट पीडित थिए । परिवारले ऋण खोजेरै भएपनि दुईपटक सम्म पाल्पा र बुटवल पुर्याएको थियो । तर रोग निको नभएपछि आर्थिक अभावकै कारण थप उपचार नगरी घरमै राख्दै आएका थिए ।
रोगले लामो समयदेखि विस्तारा परेका उनी रोजगारीको लागि भारतको हेदराबाद पुगेको छोराको आशमा थिए । छोरा हेदराबादबाट एक साता अघि फर्केपनि उपचार गर्न नसक्ने बताएपछि उनले आत्महत्या रोजेको हुन सक्ने रिजालले बताउनु भयो । भरतको हेदराबाद एक साता अघि घरमा आएका छोरा मधु भट्टराईले बुबाले उपचारका लागि लैजान आग्रह गरेपनि पैसा नभएकै कारणले नलगिएको बताए । पछिल्ला दिनहरुमा बुबा बढी चिन्ता गर्नु भएको थियो । चिन्ताकै कारण बुबाले आत्महत्या गर्नु भएको हुनसक्ने उनले बताए ।
प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले पनि कलानिधीले गरिबीकै कारणले आँफै आत्महत्या गरेको देखिएको बताउनु भयो । अन्य कुनै कारण नभएको र परिवार सबै गरिब भएकाले आत्महत्या गरेको हुन सक्ने उहाँले जानकारी दिनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग