खर्वाङमा माछा व्यापार वढ्दो
Published on
7:43:00 PM //
पी.एम.मगर
बागलुङ जिल्लाको पश्चिम क्षेत्र दगातुमडाँडामा पर्ने खर्वाङ बजारमा स्थानीय माछा यतिवेला निक्कै लोकप्रिय बनेको छ ।

स्थानीय ब्यापारी लालबहादुर केसीले सो क्षेत्रमा आउने पाहुनाहरुले लोकल माछा बिशेषरुपले मन पराउने गरेको वताउनुभएको छ । माछा बिक्रिका लागि आवश्यक पर्ने प्राविधिक सामानहरु उपलब्ध हुने हो भने खर्वाङको माछा देशका बिभिन्न भागमा सजिलै निर्यात गर्न सकिने स्थानीय बासिन्दाहरुको भनाई छ । खर्वाङ र त्यस आसपासका क्षेत्रमा २ सय ५० रुपैया प्रतिकिलोका दरले आलो माछा बिक्रि भईरहेको छ।