Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजुवामा पत्रकारीता तथा ब्यक्तित्व विकास तालिम सुरु

Published on 6:28:00 PM //

शिबलाल सुबेदी

सफल सहयोगी केन्द्र तम्घास गुल्मीको आयोजनमा तुराङ १ मजुवामा रेडियो उदघोषण, पत्रकारीता तथा ब्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण आजदेखि शुरु भएको छ ।


मानका-टिकाराम बहुमुखि क्याम्पस, मजुवाका सञ्चालक समितीका अध्यक्ष हरि प्रसाद गौतमको प्रमुख आथित्यता रहेको प्रशिक्षण उदघाटन कार्यक्रममा प्रशिक्षक राजेन्द्र बिष्ट, रेडियो स्काईका सयोजक जिडी जोन्स रियाज, हरि बहादुर सुबेदी, रमेश कुमार भण्डारी, होमनाथ पोखरेल, शिबलाल पोखरेल, लक्ष्मी प्रसाद भण्डारी , लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सफल सहयोगी केन्द्र तम्घासका अध्यक्ष दिलमाया अर्यालको सभापतीत्व सह–आयोजक तारा बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षणको पहिलो दिन आज रेडियो स्काईका सयोजक जिडी जोन्स रियाजले प्रशिक्षण दिएका थिए । उक्त तालिमले त्यस क्षेत्रका युवायुवतीहरुमा ब्यक्तित्व र नेतृत्व विकास हुने बताइएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग