Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुमधामका साथ प्रजातन्त्र दिवस मनाइँदै

Published on 5:41:00 PM //

पी.एम.मगर
६१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला विकास समिति गुल्मीले आज, भोली र पर्सी गरी तीन दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत आज विहान तमघास गाविस कार्यालयको संयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तमघास हाटवजारदेखि वालमन्दिर चोकसम्म गरिएको सरसफाई कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय समाजसेवी, वुद्धिजीवि, पत्रकार, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, कालिदत्त गुल्मका गुल्मपति खुन्नामुन्ना राई, प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदी, जिल्ला वन अधिकृत शिवप्रसाद सुवेदी, जिल्ला स्वास्थ्य प्रमुख डा. भेषराज पोख्रेल, जिल्ला अनुसन्धान अधिकृत विमल डङ्गोल लगायतका विभिन्न कार्यालय प्रमुखहरुको उक्त सरसफाई कार्यक्रममा सहभागीता रहेको थियो ।
त्यस्तै भोली वाजा गाजा सहित प्रभातफेरी तथा प्रवचन कार्यक्रम गर्ने जिल्ला विकास समितिले जनाएको छ । सोही दिन राष्ट्रिय सलामी, झण्डोत्तलन नेपाली सेना र नेपाल प्रहरीवाट गर्ने तथा राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको अन्तिम दिन फाल्गुन ८ गते विहान ७ वजे शान्ति र संविधानको लागि भगवती मन्दिरमा सामुहिक पुजा पाठ गरिने समितिले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग