Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गृह र रक्षा पाउने आशै नगर्नूस् : ज्ञवाली

Published on 4:18:00 PM //

टेकनारायण भट्टराई
एमाले नेता प्रदीप ज्ञवालीले माओवादीलाई रक्षा र गृह मन्त्रालय पाउने आशा नगर्न आग्रह गरेका छन्। माओवादी सैन्य बलको आधारमा स्थापित भएको र अझै पनि जनसेना कायमै रहेको भन्दै उनले यस्तो बताएका हुन। उनले सुरक्षा संवेदनशीलता ख्याल गर्दै माओवादीलाई सुरक्षासँग सम्बन्धित गृह र रक्षा मन्त्रालय नदिने स्पष्ट पारेका हुन्।

'शान्ति प्रकृया टुङ्गो लागेपछि मात्रै माओवादीलाई पूर्ण विश्वास गर्न सकिन्छ', नेपाल पत्रकार महासङ्घ गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने- सेना समायोजन र व्यवस्थापनको काम सकिएपछि मात्र शान्ति प्रकृया पूरा हुन्छ, त्योभन्दा अघि गृह र रक्षा पाउने आशा नगर्नूस्।'

उनले माओवादी सेना रहेसम्म अन्य दलसरह माओवादीलाई विश्वास गर्न नसकिने बताए। उनले माओवादीप्रति अन्य दल र जनताको शङ्का कायमै रहेको बताउँदै गृह र रक्षा प्रधान मन्त्रीकै मातहतमा राख्‍ने बताए।

'गृह मन्त्रालय नपाउँदैमा माओवादीले विद्रोहका कुरा गर्नु औचित्यहीन हो', उनले थपे- वर्तमान अवस्थामा माओवादीले भनेजस्तो जनविद्रोहको आधार र औचित्य छैन।
नेता ज्ञवालीले शान्ति र संविधान माओवादीको मूल लक्ष्य हो भने उसले अब उप्रान्त विद्रोहमा जाने कुरा बन्द गर्नुपर्ने बताए। उनले शान्ति प्रकृयाको संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न आग्रहसमेत गरे। 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग