Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल पत्रकार महासंघ, गुल्मीमा घनश्याम गौतम

Published on 5:13:00 PM //

पी.एम.मगर

गुल्मीको तम्घासमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनवाट प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघको संयुक्त प्यानल विजयी भएको छ ।

समितिको अध्यक्षमा घनश्याम गौतम, उपाध्यक्ष नवराज भुसाल, सचिव भरत पाण्डे, सहसचिव ज्ञानवहादुर महतरा, कोषाध्यक्ष नरेश भण्डारी विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सिता भण्डारी, गणेश सारु, गगनशिला खड्का र अनिल खत्री विजयी हुनुभएको छ । त्यस्तै उक्त प्यानल क्रान्तिकारीवाट अत्याधिक मत ल्याएर तिलक महत केन्द्रीय पार्षदमा निर्वाचित हुनुभएको छ । त्यस्तै क्रान्तिकारीवाट गोकुल श्रेष्ठ, चौतारीवाट गणेश श्रीपाली, हिरा एसी, नारायण ज्ञवाली र हरिप्रसाद पोखरेल सभाषदमा निर्वाचित भएका छन् । दुई कार्यकाल युनियनले नेतृत्व गरेको पत्रकार महासंघ गुल्मीको नेतृत्व चौतारी क्रान्तिकारी गठवन्धनमा आएको यो पहिलो हो । लामो समयको त्रिपक्षीय प्रयासवाट पनि सहमति हुन नसकेपछि चुनाव प्रकृया अगाडी वढेको थियो ।
निर्वाचन समितिले शनिवार विहान मात्र विजयी प्यानलको नाम घोषणा गरेको थियो । घोषणा सभामा पत्रकार महासंघका केन्द्रीय प्रतिनिधी नरेन्द्र थापाले नवगठित कमिटीलाई शुभकामना दिँदै युनियनलाई समेत मिलाएर अगाडी वढ्न सुझाव दिनुभएको थियो । त्यस्तै निवर्तमान अध्यक्ष जनार्दन घिमिरेले लोकतान्त्रिक पद्धतिवाट युनियन सहित पत्रकारहरुको ठुलो जमात वाहिर रहेकोले सवै लाई मिलाएर लैजान नसके भवन निर्माण लगायतका कार्यमा चुनौति खडा हुन सक्ने भएकाले सवैलाई मिलाएर लैजान नवगठित समितिलाई सुझाव दिनुभएको थियो । 
घिमिरेले आफु वाहिर रहेपनि महासंघको संस्थागत विकासका लागि सहयोग गर्ने वताउनुभएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रेमराज आचार्य, सदस्य शेषकान्त गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग