रेसुङ्गा हर्बलका उत्पादनहरु बजारमा
Published on
6:17:00 PM //
टोपलाल अर्याल
रेसुङ्गा हर्बल फुड एण्ड मसाला उधोग तम्घास गुल्मीले जिल्लामा नै पहिलो पल्ट हर्बल युक्त मसाला जन्य समानहरु अहिले बजारमा ल्याएको छ ।

गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा उधोग र पुरानो बजारमा कार्यालय रहेको यस उधोगले बुटवल ,चितवन लगाएतका औधोगिक मेलामा आफनो प्रर्दशन समेत गरिसकेको छ । बजारमा आएका अन्य समानको तुलनामा बढि गुणस्तर युक्त भएको र मुल्य पनि समायोजन गरिएकोले बजारमा माग अधिकतम भै रहेको लेखा निर्देशक भविन्द्र घर्ति मगरले जानकारी दिनु भयो । अहिले यस उद्योगबाट ३ सय देखि ४ सय किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको उद्योगले जनाएको छ ।