उत्कृष्ट कृयाशील पत्रकारिता पुरस्कार घिमिरेलाई, अध्यक्षमा श्रेष्ठ
Published on
6:41:00 PM //
जनार्दन घिमिरे
नेपाल प्रेस युनियन गुल्मीको छैठौँ जिल्ला अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छविलाल पाण्डेय, सचिव पि.एम.मगर, सहसचिव शोभा आचार्य, कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ताराप्रसाद भुसाल, सुदर्शन खनाल, कौरव खत्री, सुरेश श्रेष्ठ, वैकुण्ठ कुवँर, पुनम टण्डन र यम खत्री रहनुभएको छ । सोही अधिवेशनले ९ जना महाधिवेशन प्रतिनिधिको समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा रेशम कुवँर, जनार्दन घिमिरे, श्रीप्रसाद भलामी, छविलाल पाण्डेय, हिमकला राना, कृष्णप्रसाद अर्याल, शोभा आचार्य र प्रेमिका पुन रहनुभएको छ ।
सोही अवसरमा गुल्मी जिल्लाको राजनीतिक क्षेत्रमा योगदान पुर्याउनुभएका क्रान्तिकारी पुरुष नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी, निवर्तमान जिल्ला सचिव स्वर्गीय फणिन्द्रराज भण्डारीको स्मृतिमा कैलाशनगर पव्लिकेशनले १० हजार रुपैँयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । कोषमा प्रत्येक वर्ष पाँच हजारका दरले थप्दै जाने र सोही कोषवाट रेडियोमा कार्यरत क्रियाशिल महिला संचारकर्मीहरुलाई सम्मान गरिने कोषका संस्थापक तथा कैलाश नगर पव्लिकेशनका व्यवस्थापक जगदिश भट्टराईले वताउनुभएको छ । कार्यक्रम नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रेशम कुवँरको सभापतित्वमा, सम्पन्न भएको थियो ।