डेढ दशकदेखि खोरमा
Published on
8:23:00 PM //
ईकान्तिपुरबाट
उदयपुर सिद्धिपुर ४ वाइतुङका एक युवक डेढ वर्षदेखि सुँगुरजस्तै खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका ३६ वर्षीय जमानसिंह अधिकारीलाई उपचार गर्न लैजान नसकेर परिवारका सदस्यले थुनेका हुन् । घरबाट ३ सय मिटर पर बनाइएको खोरमा उनलाई राखिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXkD6nbAG1eaDXBihr4r9vHMI2xH8umsqbCPoZQ9iSKtcquqwN25HhOACYJQKod6TU-d1WxYq27ftFmgHEWHzC0btd12Jy6BXGF3P0Ly1MDcTTMWaIxHfLVOpBTpaq5ypRdWKkvX93TCGk/s320/desh_20110224100551.jpg)
दुई छोराका बाबु भइसकेका जमानसिंह बीचमा केही समय सन्चोजस्तो देखिएका थिए । 'एकपटक त उपचार गर्न पाटन अस्पताल पुर्याइयो,' उनले भनिन्, 'तर त्यहाँ पनि पूरै समय राख्न सकिएन ।' आर्थिक अभावले अस्पतालको खर्चसमेत तिर्न नसक्दा चिकित्सकले 'घर लैजान' भनेको उनले गुनासो गरिन् ।
'पैसा भएको भए उपचार हुन्थ्यो होला, खोरमा थुन्नु पर्दैनथ्यो,' रणमायाले भनिन् । जमानसिंहका १५ वर्षीय जेठा छोरा एसएलसी दिने तयारीमा छन् । १३ वषर्ीय कान्छा ५ कक्षामा पढ्छन् ।
सुँगुर थुन्ने खोरजस्तै काठको घेरामा थुनिएका जमानसिंह उठ्न चाहे भने पनि ठाडो भएर उठ्न मिल्दैन । सुत्नु वा पलेंटी कसेर टुक्रुक्क बस्नुको विकल्प छैन उनीसँग । दिसापिसाब पनि खोरभित्रै गर्छन् । रणमायाले भनिन्, 'दिसापिसाब तल झरेपछि सफा गर्ने गरेकी छु ।' खाना र पानी भित्रै लगेर राखिदिने गरिएको छ ।
घामपानीलगायत जस्तोसुकै मौसममा पनि उनलाई बाहिर निकालिँदैन । भाइ भीमबहादुर भन्छन्, 'बाहिर निकालेर के गर्नु जथाभावी गर्छ, गाउँलेको बिगार गर्यो भने गाली गर्छन् ।'