Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नव निर्वाचित कार्यसमितीलाई बधाई

Published on 8:00:00 PM //

शिबलाल सुबेदी
नेपाल पत्रकार महासघं गुल्मीको तेश्रो जिल्ला अधिवेशनबाट प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सघंको संयुत्त प्यानल बिजयी भएकोमा क्रान्तिकारी पत्रकार सघं र प्रेस चौतारी नेपालले एक संयुत्त प्रेस बिज्ञप्ती निकालेर बधाई तथा शुभकामना ब्यक्त गरेका छन ।
पत्रकार महासघं गुल्मी शाखामा भएको बिजयले प्रगतिशील सञ्चारकर्मिलाई थप जिम्मेवार बनाएको भन्दै शान्ति, सविंधान, सामाजिक न्याय र परिवर्तनको पक्षमा रहेका सबैको बिजय भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । संयुत्त प्यानललाई बिजयी बनाउन सहयोग गर्ने सम्पुर्ण मतदाता, सहयोगि, शुभचिन्तक सबैमा प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सघंले धन्यवाद ज्ञापन समेत गरेका छन् । साथै प्रेस चौतारीका उपाध्यक्ष लोकनाथ आचार्य र कान्त्रिकारी पत्रकार सघंका सयोजक प्रेम सुनारद्धारा हस्ताक्षरीत बिज्ञप्ति मार्फत नव निर्वाचित कार्य समितीका  सभापति लगाएत केन्द्रिय पार्षदहरुलाई कार्यकालको सफलताको कामना गरिएको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग