रेडक्रस घमिरको १६ औँ भेला सम्पन्न
Published on
9:36:00 PM //
पी.एम.मगर
नेपाल रेड्क्रस सोसाईटी घमिर उपशाखा गुल्मीको १६ औँ साधारण भेला आज घमिरमा सम्पन्न भएको छ ।
सभामा वोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी, जिल्ला कार्य समितिका सदस्य कृष्ण भण्डारीले रेड्क्रसका आधारभुत सिद्धान्तहरुको वारेमा प्रकाश पार्दै रेडक्रस एउटा परोपकारी संस्था भएकाले सवैले सहयोग गर्दै अगाडी वढाउनुपर्ने वताउनुभएको थियो । साथै उहाँले घमिरमा रेड्क्रसका लागि भवन आवश्यक परेकोले त्यसका लागि जिल्लावाट पनि आवश्यक सहयोग गर्ने वताउनुभएको छ । कार्यक्रममा घमिर गाविस सचिव राजु शर्मा, अर्जै गाविस सचिव चिरञ्जीवि घिमिरे, भुपु गाविस सचिव डिलवहादुर कार्की, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेडियो रेसुङ्गाका राजेन्द्र पन्थी, संस्थाका सहसचिव सावित्रा लम्साल, कमल लम्साल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjAXxihCN7T9p_6VHZM9dGXjMF7lNRVE_XTJLs5sFNXbfofEpAIiYqU2239Z56ekWqRPGFswXxx-IO-Qy8xpAwAD6CBye0AkKJZLaUY6tEtIMmciIcTNuWtpF03z85ntsw80MJkdI1vtAq_/s1600/redcross.jpg)
उपशाखा घमिरका कार्य समिति सदस्य चेतवहादुर कार्कीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रम घमिर रेडक्रस उपशाखाका सभापति मानवहादुर खड्काको सभापतित्व तथा संस्थाका सचिव शैलेन्द्र पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।