Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेबिसंघद्वारा शोक ब्याक्त

Published on 8:31:00 PM //

घनश्याम गौतम 
नेविसंघले कांग्रेस नेता फणीन्द्रराज भण्डारीको निधनले देशले प्रजातन्त्रका होनहार सिपाही गुमाउनुपरेको भन्दै शोक व्यक्त गरेको छ ।

भण्डारीले जीवनको महत्त्वपूर्ण समय विद्यार्थी राजनीतिदेखि पार्टी र विभिन्न आन्दोलनमा दिएको योगदान, इमान्दारिता, निष्टा, त्याग, बलिदानीपन र क्रान्तिकारीको निधनले संघ स्तब्ध भएको बताउँदै शोकलाई शाक्तिमा बदल्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।  

सभापति कृष्णप्रसाद अर्यालले विज्ञप्ति निकाली जिल्लाका सबै क्याम्पस, उच्चमावि, माविका नेविसंघ इकाइहरूले १३ दिनसम्म संघको झण्डा आधा झुकाउन र शोक पुस्तिका राख्नसमेत आग्रह गरेका छन् । नेपाल महिला संघ, प्रेस युनियनले पनि विज्ञप्ति जारी गर्दै भण्डारीको अकल्पनीय 

निधनले सिंगो जिल्ला र संघ शोकमा परेको उल्लेख गरेका छन् । पत्रकार महासंघले पनि शोक प्रकट गरेको छ ।  

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग