Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘रहस्यमय’ मृत्युको छानविन नहुँदा परिवार थप पीडामा

Published on 5:58:00 PM //

घनश्याम गौतम
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी फणिन्द्रराज भण्डारीको परिवार अहिले मृत्युको खबरले भन्दा छानविन नहुनु र कुनै कुरा बाहिर ल्याउन नखोज्दा थप पीडामा छ ।
शुक्रवार काठमाण्डौको सुन्धारा स्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका थिए । परिवारले उनको मृत्यृ ‘सुनियोजित र रहस्यमय’ भनेको छ । तर राज्य र अनुसन्धानमा खटिने प्रहरीले नै घटनालाई ढाकछोप गर्ने तर्फ लागेको भन्दै त्यसले आफुहरुलाई थप पीडित बनाएको श्रीमति र परिवारजनको गुनासो छ ।
संचारकर्मीहरुसँग कुरा गर्दै भण्डारी पत्नी धना भण्डारी ।

समवेदना व्यक्त गर्न भण्डारीको जन्मथलो हुँगा-७ मा पुगेको पत्रकारहरुको टोलीसंग विहिवार श्रीमती धना भण्डारीले पीडा र आक्रोस व्यक्त गरिन । उनले श्रीमान्को हत्या राजनीतिक कारणबाटै भएको समेत बताईन । ‘हत्याको अन्य कारण हुनै सक्तैन’, उनले भनिन् ‘सडकमै भेटिएको लासको त छानविन र अनुसन्धान हुन्छ, तर सात दिन बित्दा समेत मेरा श्रीमानको बारेमा राज्य केही बोल्दैन र सक्रिय अनुसन्धान गरेको छैन् ।’
संगै बसेको र अहिले प्रहरी हिरासतमा राखिएको व्यक्ति समेत अन्य कसैबाट परिचालित भएको परिवारजनको आशंका छ ।
श्रीमान्को हत्या भएपनि उनले जनतामा जितेको मनले आफुलाई पीडा कम गराएको उनले बताईन । ‘धेरैको मन जित्नु भएको रहेछ’, धनाले भनिन्, ‘हजारौं सर्वसाधरणले समेत उहाँको मृत्युको कारण र अपराधी पहिचानको माग गरेका छन् ।’ श्रीमानको हत्या मदन भण्डारीको जस्तो सधै रहस्यमय नबनाउन समेत उनले अग्रह गरेकी छन् । भण्डारीको शव यात्रामा तम्घास र दाहसंस्कारका बेला रिडीमा समेत हजारौं सर्वसाधरण ओइरिएका थिए ।
हत्याको ढाकछोप गरेर अपराधी उम्काउने प्रयास भैरहेकाले आफुलाई साथ दिन समेत उनले पत्रकारहरुसंग आग्रह गरेकी छन् । ‘हत्याको ढाकछोप प्रयास हुंदैछ’ क्रियामै रहेकी श्रीमतिले पत्रकारहरु संग भनिन् ‘म एक्लै भएपनि हत्यारा पत्ता लगाउन लड्ने छु, तपाईहरुले साथ दिनुहोला ।’ यस घटनाबाट अपराधी उम्केमा अर्को घटना घट्न सक्ने उनले बताईन ।

फणिन्द्रका दाजु देवीराम भण्डारीले पनि घटनाको प्रकृति, शुरुमा मुचुल्का र अनुसन्धानका लागि खटिएका प्रहरीको व्यवहारले घटना झन सुनियोजित हो भन्ने लागेको बताए । घटनामा पहिले प्रहरीलाई खबर गरेर सबै प्रमाणहरु नष्ट गरेपछि मात्र परिवारलाई खबर गरेको दावी गर्दै दाजु देविरामले भने, ‘मुचुल्का बनाउन गएको प्रहरीले बाथरुमबाट निकालिएका रड, कोठामा खोल नराखिएको सिरानी, टाउकोको घाउ र रगतको अवस्थाका बारेमा मुचुल्कामा उल्लेख गर्न आग्रह गर्दा समेत लेख्न मानेनन् ।’ राती मृत्यु भएको भनिएको व्यक्तिको बारेमा भोली पल्ट १ बजेसम्म परिवारलाई खबर नगरिनु र प्रहरीलाई खबर गरेको ५ मिनेटमै अन्य मानिसहरुको भिड बढ्नु, मृतक व्यक्ति च्यादर ओढेर सुत्नु, बाथरुममा रगत पुछेको अवस्थामा देखिनुले समेत हत्या नै भएको भएपनि ढाकछोप गर्न खोजिएको आशंका उब्जाएको उनले बताए ।
भण्डारीको शव, संगै बसेका व्यक्ति, होटल मालिक र घटना प्रकृतिको गम्भिर रुपमा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन समेत उनले सरकारसंग आग्रह गरे । घटनापछि प्रहरीले गुल्मी दुविचौरकै होमबहादुर बस्नेतलाई पक्राउ गरी हिरासतमा राखेपनि अहिलेसम्म थप विवरण सार्वजनिक गरेको छैन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग