सहमतीय सरकारका लागि पहल गरिरहने: सभाषद ज्ञवाली
Published on
9:59:00 PM //
पी.एम.मगर
नेकपा एमालेका पोलिटिब्यूरो सदस्य, पुर्व पर्यटन मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सभाषद प्रदिप ज्ञवालीले अहिलेको सरकार वहुमतीय भएपनि अन्तिम समयसम्म सहमतिका लागि आफ्नो पार्टीले पहल गरिरहने वताउनुभएको छ ।

अहिले नागरिकमा बाम धुर्विकरणको आशंका वढिरहेकोले यसप्रति कुनै आशंका नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले विच भएको सहमतिका केही शाव्दिक अस्पष्टताका कुरालाई टुङ्गो लगाउँदै लैजाने उहाँले वताउनुभएको छ । सहमतीका वुँदाहरुमा संघीय लोकतान्त्रीक गणतन्त्र जस्ता महत्वपुर्ण शव्दहरु उल्लेख नगरिएको, माओवादी लडाकुको छुट्टै फोर्स वनाउने कुरा विगतका सहमति विपरीत रहेको, आलोपालो प्रधानमन्त्रीय प्रणालीको सहमतिका भाषिक अष्पष्टता रहेको भन्दै सभाषद ज्ञवालीले ती कुराहरुलाई सच्याउने लगायतका कुराहरुलाई आफुले उठाउँदै लैजाने वताउनु भएको छ ।
नेता ज्ञवालीले भोलीसम्म सानो आकारको मन्त्री मण्डल गठन हुने र एक हप्ताभित्र मन्त्री मण्डलले पुर्णता पाउने वताउनुभएको छ । एकीकृत माओवादीले गृह र रक्षा मन्त्रालय आफुले पाउनुपर्ने अडान राखिरहेको अवस्थामा सुरक्षासंग संवन्धित निकायहरु विशेष गरी प्रधानमन्त्रीसंग हुनुपर्ने कुरामा जोड् दिनुभयो । संविधान निर्माणका लागिएको तोकिएको निर्धारित समय नजिकिँदै गरेको अवस्थाको वारेमा पत्रकारहरुले राखेको जिज्ञासामा १५ हप्ता भित्र संविधान निर्माण गर्नु चुनौतिपुर्ण रहेको तर असंभव भने नभएको वताउनुभएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष जनार्दन घिमिरेको सभापतित्व तथा कार्यवाहक सचिव भरत पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।