Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोले पुरिएर एक घाईते, उपचार अभावमा एक वृद्धको मृत्यु

Published on 12:11:00 AM //

पी.एम.मगर
घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गुल्मीको वामीमा एक वालिका गम्भिर घाईते भएकी छिन् ।

घर पोत्ने माटो खन्ने क्रममा माथिवाट खसेको माटोको ढिस्को खसेर वामी गाविस वार्ड नं. ८ मालारानी निवासी १५ वर्षीय वालिका टोपकली विश्वकर्मा गम्भिर घाईते भएकी हुन् । उनको ढाडमा गम्भिर चोट लागेको छ । वामी गाविसको वार्ड नं. ७ मा पर्ने ढुसियान सल्लेरीमा ८ जना महिलाहरुको समुह मिलेर घर लिपपोतका लागि माटो लिन गएका उनीहरुले माटो खन्न लाग्दा एक्कासी माथिवाटे ढिस्को खसी टोपकली विश्वकर्मालाई परेको थियो । 
महिलाहरुले तत्काल माटो हटाई पुरिएकी विकको उद्धार गरेका थिए । माटो खन्ने उक्त स्थानमा करिव ४० अगाडीदेखि घर पोत्ने माटो निकाल्दै आएको र अहिले त्यस क्षेत्रमा यस्तो दुर्घटना फेरी पनि हुन सक्ने खतरा रहेको छ । 
त्यस्तै विगत एक वर्षदेखि जोहाङ्ग खैरेनीमा वस्दै आएका नाम ठेगाना नखुलेका एक वृद्धको शुक्रवार मृत्यु भएको छ । लामो समयदेखि विरामी रहेका ती वृद्धको उपचारको अभावमा मृत्यु भएको स्थानीयवासीले वताएका छन् । मृतकको नाम ठेगाना भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय जोहाङ्ग खैरनीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग