Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनुगमनमा प्रहरी नायव महानिरीक्षक अर्याल

Published on 8:26:00 PM //

सीता भण्डारी
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको जिम्मेवारी सम्हाले लगत्तै गुल्मी जिल्लाको प्रहरी संगठनको निरीक्षण गर्न आउनुभएका प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज जिल्लाका सवै पक्षसँग भेटघाट गर्नुभएको छ ।

प्रहरी संगठनको निरीक्षण गरे पश्चात प्रहरी नायव महानिरीक्षक अर्यालले आजै प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योग व्यवसायी, पत्रकार, समाजसेवी लगायतसँग भेटघाट गर्नुभएको थियो । भेटघाटका क्रममा गुल्मी जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेपनि जनशक्तिको अभाव रहेको वारेमा जानकारी गर्राईएको थियो । सोही अवसरमा जिल्लामा प्रहरी र ट्राफिक प्रहरीको जनशक्ति थप गर्नुपर्ने, प्रहरीचौकी स्थापना पुनस्थापना गर्नुपर्ने, वित्तीय संस्था रहेको मजुवा र ह्वाँदीमा प्रहरीचौकी स्थापना गर्नुपर्ने र द्धन्दकालमा प्रहरी कार्यालयको अगाडी लगाईएको काँडे तार हालसम्म नहर्टाईएको लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव विष्णु वलाल, एमाले गुल्मीका अध्यक्ष वोमवहादुर खड्का, राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, समाजसेवी नन्दराम भुसाल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग