Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निजी बिद्यालय ब्यवस्थापन र प्रभावकारीताको लागि गोष्ठी सम्पन्न

Published on 11:05:00 PM //

पी.एम.मगर
निजी विद्यालयहरुको छाता संगठन प्यावसन नेपाल गुल्मीको आयोजनामा एक दिने कार्याशाला गोष्ठी आज सदरमुकाम तमघासमा सम्पन्न भएको छ ।

युनाईटेड पव्लिकेशन नेपालको सहयोगमा सञ्चालित उक्त गोष्ठीमा प्यावसनसँग आवद्ध संपुर्ण नीजि विद्यालयहरुका प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापन तथा प्रभावकारीताका विषयमा जानकारी गराईएको थियो । विद्यालय व्यवस्थापनका हरेक पक्षलाई कसरी व्यवस्थित वनाउन र प्रभावकारीता प्रदान गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत भएको प्यावसन गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, विशेष अतिथि ऐच्छिक तथा अनिवार्य गणित पुस्तकका लेखक हुकुमप्रसाद दाहाल, युनाईटेड पव्लिकेशन नेपालका प्रतिनिधी तिलकप्रसाद प्यावसन सल्लाहकार दानवहादुर केसी, आदर्श विद्या आश्रमका प्रिन्सीपल खेमराज निरौला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्यावसन गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी मगरको सभापतित्व, सदस्य भेषवहादुर केसीको स्वागत मन्तव्य तथा सचिव फर्सुराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग