Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली, प्युठानेली टाप्रेको लेक संरक्षणमा

Published on 12:06:00 AM //

शिबलाल सुबेदी
गुल्मी र प्युठानको संगमस्थलको पर्यटकीय सम्भावना बोकेको टाप्रेको लेकमा आज गुफा संरक्षण संयुक्त भेला सम्पन्न भएको छ ।

गुल्मीका मलागिरी, वाझकटेरी, अग्लुङ्ग, म्यालपोखरी र प्युठानका खुङ, नारीकोट, वादीकोट गरी ७ गाविसको आमभेलाले पर्यटकीय स्थल गुफालाई व्यवस्थीत र संस्थागत गर्ने, आगामी २०६७ को फागु पुर्णीमाका दिन सांस्कृतिक र्‍याली सहित फागु पर्व मनाउने निर्णय गरेको छ । साथै पर्व मनाउनका लागी हरिकृष्ण सेनको अध्यक्षातामा ३५ सदस्यीय गुफा संरक्षण गुल्मी प्युठान समितीको समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा गोविन्द कुँवर, सचिवमा ज्ञानुराम न्यौपाने, कोषाध्यक्षमा वल बहादुर खड्का लगायत सदस्यहरु रहनुभएको छ । तेज बहादुर विष्ट, अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन उमनाथ खड्काले गर्नुभएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग