Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एड्सको रोकथाममा प्रतिवद्ध भएर लाग्नुपर्ने

Published on 9:35:00 PM //

पी.एम.मगर
व्यापक रुपमा फैलिरहेको एचआईभी तथा एड्सको रोकथाम एवं सचेतना विस्तार अभियानमा राजनीतिक दल लगायत संपुर्ण संघ संस्थाहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

ग्लोवल फण्डको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेन नेपालको प्राविधिक सहयोगमा राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालद्धारा सञ्चालित एकीकृत एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम अन्तर्गत समन्वय तथा सहकार्य वैठकमा सहभागीहरुले यस्तो कुरामा जोड् दिएका हुन् । उनीहरुले एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाहका लागि सवै पक्ष एक हुनुपर्ने वताएका छन् ।
 राजनीतिक दलहरुले राजनीति र भौतिक पुर्वाधारको विकासतर्फ मात्र ध्यान नदिई भयानक रुपमा फैलिरहेको एचआईभी एड्सको रोकथामतर्फ पनि ध्यान दिन साथै यसप्रति प्रतिवद्धता जनाउन आग्रह गरेका छन् । एचआईभी एड्स रोकथाम संवन्धि कार्य गर्ने विभिन्न संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम तथा अभियानहरु संचालन गरिरहेको र संक्रमितहरुको संख्यामा भने रोकावट नआएको भन्दै अझ थप प्रभावकारी नीतिहरु तय गरी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र यसमा जिल्ला विकास समिति लगायत जिल्ला स्थित संपुर्ण कार्यालय, राजनीतिक दल लगायत सवै पक्षले सहयोग गर्नुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, जिल्ला स्वास्थ्य प्रमुख डा. भेषराज पोख्रेल, जनस्वास्थ्य अधिकृत श्रवणकुमार नायक, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा. दिनेश ज्ञवाली, गैरसरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद भण्डारी, जिल्ला विकास समितिका ध्रुवराज मरासिनी, नेकपा एमालेका शेषकान्त गौतम, नेकपा मालेकी कमला वराल, राप्रपाका हिमवहादुर वोहोरा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, जिल्ला एड्स समन्वय समितिका पदाधिकारी लगायत संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।
 वैठकमा राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालको दोस्रो चरणको पहिलो वर्षको कार्यक्रम वारेमा रामवहादुर कुवँरले जानकारी गराउनुभएको थियो भने गुल्मी एचआईभी एड्स रोकथाम संवन्धी जिल्लाको कार्यक्रमका वारेमा जिल्ला एड्स समन्वय समिति गुल्मीका संयोजक गिता अर्यालले जानकारी दिनुभएको थियो । कार्यक्रम नार्डेक गुल्मीका अध्यक्ष रेशम कुवँरको सभापतित्व तथा लोकनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग