मानवअधिकार सम्बन्धी अन्तक्रिर्या सम्पन्न
Published on
10:56:00 AM //
नरेश भण्डारी
इन्सेक जिल्ला कार्यालयको सहजिकरण तथा सिमिचौर गाविसका सामुदायिक संस्थाहरू आयोजनामामानवअधिकारको अवस्था र समूहको पहल विषयमा अन्तक्रिर्या २०६७ फागुन २७ गते भगवती माविमासम्पन्न भयो ।
सामुदायिक संस्थाहरूलाई मानवअधिकारको प्रवर्द्धनमा सशक्त तथा सचेत बनाउने उद्देश्यले आयोजितकार्यक्रमका सहभागीहरूले सामुहगत रुपमा गरिने अन्तक्रिर्याले अनुभव आदानप्रदान र समस्याकोसमाधान खोज्न सजिलो भएको बताए ।
वडा नं ३ को लगनशील महिला समूह, वडा नं ५ को थालेमाले महिला समूह र वडा नं ६ को काभ्रे महिलासमूहका गरी ३५ महिला सहित ३६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा दैनिक व्यबहार र कानुनीशिक्षा, कुरिती र संस्कृति, समूहको दिगो व्यबस्थापन तथा मानवअधिकार प्रवर्द्धनमा समूहको पहल विषयछलफल भएको थियो ।
लगनशील महिला समूह अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्लाप्रतिनिधि नरेश भण्डारी र सहजकर्ता शान्ता पोखरेलले सहजिकरण गरेका थिए ।