महोत्सव प्रचार टोली भार्सेमा, अगरवुड कम्पनीका सञ्चालकसँग भेटघाट
Published on
10:27:00 PM //
नारायणप्रभात मरासिनी
प्रथम गुल्मी महोत्सव २०६८ को प्रारम्भिक चरणका कार्यहरु यतिवेला तिव्रताका साथ अगाडी वढिरहेको छ ।
सोही क्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा प्रचार–प्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद पाण्डेयको नेतृत्वमा पत्रकार सहितको एक टोली आज गुल्मीको क्षेत्र नं. १ को भार्से गाविसमा पुगेको छ । टोली हिजो गौडाकोट, वलेटक्सार, रिमुवा, रुद्रवेणी, जोहाङ्ग खैरनी लगायत विभिन्न क्षेत्रमा अवलोकन भ्रमण तथा महोत्सवको प्रचारप्रसार गर्दै भार्सेमा पुगेको हो । टोलीले आज सो गाविसमा त्यस क्षेत्रका स्थानीय राजनीतिक दल, समाजसेवी, वुद्धिजीवि, व्यापारी तथा स्थानीयवासीसँग अन्तकृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । टोलीलाई भार्से आमा समुहले फुलमाला तथा अविरले स्वागत गर्नुका साथै मगर समुदायमा रहेको लोपोन्मुख सालैजो गीत तथा नृत्य समेत प्रस्तुत गरेको थियो । उनीहरुले महोत्सवलाई मध्यनजर गरी भार्सेमा पनि आएर आफ्नो क्षेत्रको वारेमा जानकारी लिएकोमा खुशी समेत व्यक्त गरेका थिए ।
विश्व वजारमा प्रतिकेजी ८० लाख देखि १ करोडसम्म मुल्य पर्ने उक्त अगरउड्को वोट लगाउने सोँचका साथ यस वर्षदेखि पुनले नर्सरी लगाउनु भएको छ । उहाँका अनुसार विशेष गरी मुश्लिम समुदायहरुमा यो वोटको धेरै प्रकारवाट उपयोग हुने र यसवाट तेल पनि निकालिन्छ । ८० वर्षपछि यस वोटको भित्री काठ अझ महङ्गो पर्ने उहाँले वताउनुभएको छ । आफु विदेशमा रहेको वखत यसको महत्वको वारेमा वुझेको र आफ्नो क्षेत्रमा पनि यो वोट लगाउने सकिने वातावरण पाएपछि यसतर्फ आफु लागेको पुन मगरले वताउनुभएको छ । यसको प्रचारप्रसारका लागि गुल्मी महोत्सवले पनि टेवा पु¥याउने अपेक्षा लिएको पुन मगरले वताउनुभएको छ । त्यस्तै सोही अवसरमा प्याराग्लाईडिङ्गका लागि पोखरा पछिको दोस्रो उपयुक्त क्षेत्र पनि भार्सेमा रहेको जानकारी दिँदै त्यस त्यहाँको भौगोलिक अवस्था, सामाजिक, साँस्कृति, धार्मिक लगायतका वारेमा स्पष्ट पारेका
थिए ।