Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विविध कार्यक्रम गरी मनाइयो अन्तराष्ट्रिय महिला दिवस

Published on 7:52:00 PM //

पी.एम.मगर
आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिला दिवस, गुल्मीमा पनि विभिन्न कार्यक्रमग गरी मनाईएको छ ।

“नागरिकतामा लैङ्गिक बिभेदको अन्त्य, समान सहभागिताको सुनिश्चितता” भन्ने नाराका साथ सदरमुकाम तमघासको वालमन्दिरवाट निस्किएको र्‍याली वजार परिक्रमा गरी पुनः वालमन्दिर परिसरमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले कानुनमा उल्लेखित महिला अधिकारहरु कार्यान्वयन नहुँदा अझै पनि महिलाहरु परिवर्तनको महशुस गर्न नसकिएको वताएका छन् । उनीहरुले कानुन मात्रै आफैमा प्रयाप्त नभई कार्यान्वयन पक्ष वलियो हुनुपर्ने र नारी स्वयं पनि सचेत हुनुपर्ने र पुरुषहरुले पनि परिवर्तनलाई स्वीकार गर्दै आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड् दिएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले महिला हिँसा विरुद्ध सवै एकजट हुन जोड् दिँदै आफुले पनि आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले नारी कोमल, शान्त र ममताका खानी भएको वताउँदै पुरुषहरुले उनीहरुको सम्मान गर्नुपर्नेमा जोड् दिनुभएको छ । स्वभावको आफुले पनि महिला विकास अधिकृत जमुना पौडेलले अहिले पछिल्लो चरणमा धेरै परिवर्तन आएको दावी गर्दै आफुहरु सानोमा वाहिरको रामरमिता समेत झ्यालवाट चियाएर हेर्नु परेको अवस्थाको स्मरण गर्नुभयो । उहाँले यतिवेला महिलाहरु माथिल्लो ओहोदामा समेत पुगेको र यो क्रम वढ्दै जाँदा नारी पुरुष दुवैले वरावरी अवसर पाउनेमा आशावादी हुनुपर्ने धारणा राख्नुभएको छ ।
कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी शंकर प्रसाद गौतम, एकल महिला संजालकी अध्यक्ष मिना पन्थ, एकीकृत नेकपा माओवादीका यदु ज्ञवाली, नेकपा एमालेका गणेश श्रीपाली, मालेकी निर्मला पोखरेल, राप्रपाका हिमवहादुर वोहोरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे, प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदी, जिल्ला शिक्षा कार्यालयका अधिकृत विरेन्द्र कुवँर, जिल्ला अनुसन्धान प्रमुख विमल डङ्गोल, जिल्ला स्वास्थ्य प्रमुख डा. भेषराज पोखरेल लगायतको उपस्थिति रहेको थियो । महिला विकास अधिकृत जमुना पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सीता घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सीता पोखरेलले गर्नुभएको थियो ।
सोही अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु पनि सम्पन्न भएका छन् । जस मध्ये हाजिरी जवाफ प्रतियोगीतामा महेन्द्र उच्च माध्यमिक विद्यालय प्रथम, सिद्धवावा उच्च माध्यमिक विद्यालयको समुह ए द्धितीय, सोही विद्यालयको समुह वी तृतीय र रेसुङ्गा वहुमुखी क्याम्पस सान्त्वना
भएका छन् । त्यस्तै महिला शसक्तिकरणमा पुरुष तथा समाजको भुमिका विषयक वक्तृत्वकला प्रतियोगीतामा उपल्लो तमघास माविकी गंगा पाण्डे प्रथम, आदर्श विद्याआश्रमकी एलिसा पाण्डे द्धितीय, सिद्धवावा उच्च माविकी सलिना थापा तृतीय र अर्जुन आवसिय माविकी सन्ध्या पन्थी सान्त्वना भएका छन् । सोही अवसरमा महिला हिँसा, वहु-विवाह, चेलीबेटी वेचविखन विरुद्ध जनचेतना मुलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग