Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको प्रारम्भिक तैयारी तिव्र, ठाउँ-ठाउँमा कार्यक्रम

Published on 9:48:00 PM //

पि.एम. मगर
गुल्मी महोत्सव २०६८ को तैयारीका साथै जिल्लामा रहेका पर्यटकीय स्थलको जानकारी लिन निस्केको गुल्मी उद्योग वाणिज्य संघको टोलीले आज जिल्लाको क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानमा भ्रमण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।


टोलीले आज कुर्घा गाविसको गुरुङ्ग गाउँमा होम स्टे निर्माणका विषयमा छलफल गर्नुका साथै तुराङ मजुवा, जोहाङ्ग, शान्तिपुर, दिव्रुङ लगायतका क्षेत्रका व्यवसायी तथा वुद्धिजीवि, प्राचार्य, शिक्षक, व्यवसायी, राजनीतिक दलका प्रतिनिधी, सर्वसाधारणसंग छलफल तथा अन्तरकृया गरेको छ । टोलीले प्रभु परमानन्द सरस्वतीले तपस्या गर्नुभएको दिब्रुङ गाविसमा रहेको शिवालय मन्दिर तथा त्यस क्षेत्रका धार्मिक स्थलको पनि अवलोकन गरेको छ । आगामी वैशाक ४ गतेदेखि ११ गतेसम्म हुन लागेको गुल्मी महोत्सवमा जिल्लामा रहेको पर्यटकीय स्थलको समेत जानकारी गराउने उद्धेष्यका साथ ती स्थानहरुको थप जानकारी लिन गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा एक टोली भ्रमणमा निस्किएको हो ।
टोलीमा गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा महोत्सव आर्थिक समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठ, जिल्ला विकास समितिका योजना अधिकृत भक्तीराम मरासिनी, रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक अर्जुन आचार्य, गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेल, सचिव ताराप्रसाद भुसाल, एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सचिवालय तथा पर्यटकीय स्थल पहिचान समितिका सदस्य युवराज के.सी, होटल व्यवसायी मञ्चका अध्यक्ष युवराज भण्डारी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम लगायतको सहभागीता रहेको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग