Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपल्लो जातकी युवती विवाह गर्ने पाँच दलित परिवारमाथि आक्रमण

Published on 4:23:00 PM //

प्रेम सुनार
अर्घाखाँचीको भगवती गाविसमा गएराती कथित उपल्लो जातकी युवती विवाह गर्ने दलित समुदायका पाँच घरमा युवतीका माईती पक्षले आक्रमण गरेका छन् ।
यही चैत्र २० गते भगवती गाविस वार्ड नं. ३ का भविश्वर विश्वकर्माले स्थानीय प्रेमनारायाण जिसीकी छोरी प्रविणा जिसीसँग अन्तरजातीय विवाह गरेको र त्यसैको रिसमा जिसीका दाजु दिपक जिसी सुमित जिसी गोविन्द जिसी लगायतका ८/१० जनाको समुहले गएराती करिव १२ वजे ती घरमा आक्रमण गरेको पीडित दलित परिवारले वताएका छन् ।
उनीहरुले उक्त वस्तीमा विद्युत लाईन अवरुद्ध गरी अध्यारोमा सुर्यवहादुर सुनार, भोटवहादुर विश्वकर्मा, ओमवहादुर विश्वकर्मा, रामवहादुर विश्वकर्मा र रामवहादुर सुनार सहितको पाँच घरमा पसेर घर भित्र रहेका सरसामान फ्याँकिदिनुका साथै घर तोडफोड् गरी परिवारका सदस्यहरुलाई समेत कुटपिट् गरेको बताईएको छ । टिभी, भिसीडी, मोवाईल लगायतका सरसामान तोड्फोड् हुँदा करिव १ लाख रुपैयाँ वरावरको क्षति भएको उनीहरुले दावी गरेका छन् ।
आक्रमणमा केही महिला र वालवालिका घाईते समेत भएको वताईएको छ । अन्तरजातीय विवाहको घटनाहरु मध्ये यस घटनालाई दलित अधिकारकर्मीहरुले गम्भिर रुपले लिएको वताएका छन् । गुल्मीवाट घटनास्थलमा पुगेका दलित साझा माच गुल्मीका सचिव गौचन धराली, सदस्य धर्म विश्वकर्मा लगायतले उक्त घटना निन्दनीय भएको भन्दै दाषीमाथि कडा कारवाही हुनुपर्नेमा जोड् दिएका छन् । पीडित दलित परिवारले आजै अर्घातोष प्रहरी चौकीमा न्याय र सुरक्षाको माग गर्दै उजुरी समेत दिएका छन् ।
यस सम्वन्धमा अर्घातोष प्रहरी चौकीमा सम्पर्क गर्दा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सागरदास पटेलले विवाह गरेको निउमा गत दुई तीन दिनदेखि उक्त दलित वस्ती आतङ्कित भएकोले विवाह गर्ने जोडीको सुरक्षार्थ उनीहरुलाई चौकीमा लिएर राखेको वताउनुभएको छ । आरोपित आक्रमण गर्ने व्याक्तिहरु भने फरार रहेको उहाँले वताउनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग