गजल
Published on
12:46:00 AM //
-शालिकराम पन्थ
एउटै देश हो जात एउटै नारा लिएर आऊ ।
बुद्द जस्तै संसार भरी तारा लिएर आऊ ।।
सामन्ती र शोसकको बर्ग बाट छुट्टाएर ।
गरिब अनि निमुखालाई चारा लिएर आऊ ।।
बिकासोन्मुख अबिकसित धेरै छन देशहरु ।
नौलो एउटा बिकासको धारा लिएर आऊ ।।
बित्यो एक वर्ष फ़ेरि दिनरात महिना हुँदै ।
नँया बर्ष तिमी खुशी सारा लिएर आऊ ।।
दिगाम ६ गुल्मी
हाल : अबुधाबी