Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सव अवधिभर यातायात व्यवस्थापनमा कडाई

Published on 2:01:00 AM //

गगनशिला खड्का
प्रथम गुल्मी महोत्सवमा सवारी आवागमनलाई सहज बनाउन र सवारीका कारण महोत्सव अवलोकनकर्ताहरुलाई कुनै समस्या हुन नदिन कडाईका साथ यातायात व्यावस्थापन गरीने भएको छ ।
यातायात आवागमन सहज र व्यवस्थीत बनाउन सदरमुकाम तम्घास लगायत गुल्मी जिल्लामा यातायात आवागमनमा नयाँ नियम लागु गरी कडाईका साथ लागु गर्ने यातायात व्याबस्थापन समितिले जनाएको छ । यातयात तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक ठाकुर प्रसाद पाण्डेयको अध्यक्षतामा आज सम्प्न्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आगामी बैशाख ४ गतेदेखी ११ गतेसम्म सञ्चालन हुने महोत्सव समय अवधिभर तम्घासमा ट्रक तथा ट्याक्टर र जिपमा लोड अनलोडको काम प्रत्येक दिन विहान १० बजे भित्र र साँझ ६ बजे पछि मात्र गर्ने, यात्रुवाहक बस, ट्रक, ट्याक्टर १० बजेभित्र र साँझ ६ बजे पछिमात्र बजार क्षेत्र प्रबेश गर्न पाउँने नियम बनाउँदै कडाईका साथ लागु गर्ने निर्णय गरेको छ । 
तर बुटवल बाट सिधै पश्चिम तर्फ जाने बस र पश्चिमबाट बुटवल तर्फ जाने बसको हकमा भने मिलनचोक, पुतलीबजार हुदै प्रबेश र निकासको व्यवस्था गर्ने, पश्चिम तर्फ जाने जिप, बस, ट्याक्टर सबै सवारी साधन उदिनढुङ्गा स्थीत जिपपार्कमा पार्किङ्ग गर्ने निर्णय समेत भएको समितिका संयोजक पाण्डेले जानकारी दिनुभयो । 
अति जरुरी काम बाहेक तम्घास बजार क्षेत्रमा अनाबश्यक रुपमा जिप नचलाउने र जिप छुट्दा पनि जिपपार्कबाटै छुटाउने निर्णय गरिएको छ । बैठकले तम्घासबाट पूर्बको लागी छुट्ने जिपलाई भगवती मन्दिर खानीगाउँमा पार्किङ्ग गर्ने गराउने, कुनै पनि यातयातका साधानलाई अनावश्यक रुपमा बजार क्षेत्रमा पार्किङ्ग गर्न नदिनका लागी जिल्ला ट्राफिक कार्यलय गुल्मीलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
अहिले केहि सवारी साधनहरु यातयात समितिको टिकट काउन्टर बजार क्षेत्रमा देखिएकोले उक्त टिकट काउन्टरलाई तोकिएको स्थानमा राख्नको लागी अनुरोध गर्ने समितिले निर्णय गरेको छ । महोत्सव समय अवधिभर महोत्सव अवोलोकन गर्न आउने दर्शकहरुका लागी गाउँ—गाउँ बाट आउन र जानको लागी सवारी साधनलाई बेलुका ६ बजे जाने अनि गाउँ बाट सधै छुट्ने समय भन्दा एक घण्टा ढिला छुट्ने व्यवस्था मिलाउनका लागी पश्मिाञ्चल बस व्यवसायी समिति र जिप व्यवसायी समितिलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
काठमान्डौँ— तम्घास र तम्घास—काठमान्डौँका लागी माइक्रो बस थप गरी सञ्चालन गर्न रेसुङ्गा मिनि माइक्रो समितिलाई अनुरोध गर्ने तथा महोत्सव समयअवधिभर आउने हलुका सवारी साधनलाई पार्किङ्गको व्यवस्थाका लागी स्थान उपलब्ध गराईदिन व्रिलियन्ट युनाईटेड एकेडेमीलाई, मोटरसाईकल पार्किङ्गका लागी पुरानो खाद्य संस्थानको प्राङ्गण उपलब्ध गराईदिन नेपाल टेलिकम दुरसञ्चार कार्यलय गुल्मीलाई, ठुला सवारी साधनको पार्किङ्गका लागी बुढाथोकी बसपार्क, कोलेका पोखरा-अर्घाखाँची टर्मिनल र नयाँ वसपार्क उदिनढुङ्गालाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । 
विभिन्न यातयात व्यवसायी समितिका प्रतिनिधीहरुको सहभागीतामा सम्पन्न बैठकले गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रमा पेटीभन्दा बाहिर जोडिएका पाली, छत, सडकमा राखिएका सामग्री,निर्माण सामग्रीहरु सडकबाट तत्काल हटाउनको लागी प्रथम गुल्मी महोत्सव यातयात तथा ट्राफिक व्यवस्थापन समिति र जिल्ला ट्राफिक कार्यलय गुल्मीले संयुक्त रुपमा माईकिङ्ग गरी जानकारी गराउने निर्णय समेत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग