विमा वापत एक लाखको चेक हस्तान्तरण
Published on
1:24:00 PM //
गगनशिला खड्का

मृतक ज्ञावलीका २ छोरी र १ छोरा रहेका छन । रेसुङ्गा विकास बैङ्कको बलेटक्सार शाखा कार्यलयमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी ज्ञवा बले टक्सार माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण ज्ञावलीले रेसुङ्गा विकास बैंकले सञ्चालन गरेको यस दुर्घटना विमा बापतको रकमले मृतकका परिवारलाई केहि भएपनि राहत पुग्ने बताउदै यस्ता खाले राहतका अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले यस दुर्घटना विमा वापतको रकम मृतकका परिवारलाई मह्लम हुने भन्दै रेसुङ्गा विकास बैङ्कको यस्तो कार्य प्रशंसनिय भएको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा रेसुङ्गा विकास बैङ्कका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले ४४ करोड ४८ लाख २४ हजार ४५ रुपैया २६ पैसाको लगानी रहेको बैंकका बैशाख २३ गतेसम्म १९ हजार २ सय ६४ जना ग्राहक सख्या रहेको र ६४ करोड,७९ लाख ६८ हजार २ सय ३१ रुपैया ८८ पैसा रकम डिपोजिट गरेको बताउनुभयो । कार्यक्रममा बैङ्कका प्रधान कार्यलय तम्घासका महाप्रवन्धक सार्जन भट्टराईले रेसुङ्गा विकास बैङ्ककले हालसम्म दुर्घटना विमा बापतको र कम आफ्ना ५ जना ग्राहकको परिवारलाई उपलब्ध गराएको जानकारी दिनुभयो ।
कार्यक्रममा रेसुङ्गा विकास बैङ्का सञ्चालक समिति सदस्य तथा गुल्मी उधोग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद पोख्रेल, श्रृङ्गेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा नेकपा एमालेका चक्रपाणी गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने बलेचौर प्राथमिक विधालयका प्रधनाध्यापक खगेन्द्र प्रसाद श्रेष्ठ, रेन्बो इङ्गलिस बोर्डिङ्गका अध्यक्ष इम बहादुर खत्री, प्रिन्सीपल फर्सुराम ज्ञावली, बलेटक्सार हाट वजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पन्थ, नेवा दबु गुल्मीका निर्भलाल श्रेष्ठ, रेसुङ्गा विकास समितिका ऋण अधिकृत लालमणी पन्थी,सञ्चारिका समुहका अञ्चल सदस्य तथा रेडियो गुल्मीका समाचार प्रमुख गगनशिला खड्का, रेसुङ्गा विकास बैङ्क खैरेनी शाखाका प्रबन्धक
प्रकाश श्रेष्ठको उपस्थीती रहेको थियो । कार्यक्रम बलेटक्सार शाखाका प्रबन्धक उमेश ज्ञावलीको सभापतीत्व तथा शोभा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
0 प्रतिकृयाहरु