क्षेत्री समाजको बन्दका कारण जनजीवन प्रभावित, गुल्मीमा अंशिक प्रभाव
Published on
12:31:00 PM //
क्षेत्री समाज नेपालको एक दिने पश्चिमाञ्चल बन्दको कारण आज बिहानैदेखि पश्चिमाञ्चलका गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधन, उद्योग धन्दा कल कारखाना, शैक्षिक संस्था एवं व्यापारीक प्रतिष्ठानहरु प्रभावित भएका छन् । बन्दकर्ताहरु चोकचोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । गन्तव्यमा जानका लागि सडकमा निस्किएका सर्वसाधारणहरु अलपत्र परेका छन् ।

बन्दका क्रममा अत्यावश्कीय सवारी साधनहरुलाई छुट दिने तथा जारी कक्षा १२को परिक्षा पनि निवार्ध संचालन गर्न दिने क्षत्री समाज नेपालका केन्द्रिय सदस्य दल वहादुर जिसीले बताउनु भयो । आज विहान ६ बजेवाट शुरु भएको आन्दोलन वेलुका ६ बजे सकिने र आन्दोलन शान्तीपुर्ण हुने जिसीले बताउनु भयो । यसैबीच क्षत्री समाजको बन्दप्रति व्राहमणसमाज नेपालले पनि ऐक्यवद्धता जनाएको छ ।
उता विभिन्न संगठनहरुले आह्वान गरेको बन्दको यस क्षेत्रका संघसंस्थाहरुले फिर्ता लिन आग्रह गरेका छन् । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली र महासचिव प्रकाश खनालले विज्ञप्ती निकालेर बन्दले कसैलाई पनि हित नगर्ने भन्दै विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र बनाउन माग गरिएको छ । उता बन्द गराउदै हिडेका क्षत्री समाजका पांच जना अगुवाहरु भैरहवामा पक्राउ परेका छन् । आज विहान भैरहवामा बन्द गराउने क्रममा क्षेत्री समाज नेपाल रुपन्देहीका उपाध्यक्ष नाम वहादुर केसी, जिल्ला सहसचिव बिष्णु बराल, सिदार्थनगर अध्यक्ष खिम वहादुर जिसी लगायत पक्राउ परेका हुन् । उनिहरुले जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा राखेको क्षत्री समाजका जिल्ला अध्यक्ष ओम वहादुर फौजदारले बताउनु भयो ।
उहांले पुर्व घोषित बन्दका क्रममा आफ्ना क्षत्री अगुवाहरुलाइृ पक्राउ गर्नु आपत्तीजनक भएको भन्दै तत्काल विना सर्त रिहा नगरे कडा संर्घषका कार्यक्रम गर्ने चेतावनी दिनु भएको छ ।
0 प्रतिकृयाहरु