ढुङ्गा हिडन थालेपछि बैज्ञानिक पनि छक्क
Published on
12:16:00 PM //
ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन् । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, बैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितीका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।

वर्ष बित्दै जाँदा ती ढुङ्गाहरुले पनि आफ्नो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आँखाले हिडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् । २ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।
0 प्रतिकृयाहरु