बन्दकर्ताद्धारा गुल्मीमा पत्रकारमाथी हातपातको प्रयास
Published on
4:35:00 PM //
सञ्जु थापा
ब्राहमण समाज नेपालद्धारा आयोजित पश्चिमाञ्चल बन्दको क्रममा आज गुल्मीको सदरमुकाम तम्घासमा रेडियो गुल्मीबाट समचार सङ्कलन गर्न खटिएका पत्रकार अनिल खत्री माथी अश्लील शब्द प्रयोग तथा हातपातको प्रयास गरी दुर्ब्यवहार गरेका छन । नेपाल पत्रकार महासंघको कार्य समिति सदस्य समेत रहेका खत्रीले बन्द कर्तासंग आफु पत्रकार भएको र प्रेस लेखिएको मोटरमै सवार रहेको भएपनि परिचय पत्र देखाउन खोज्दा खोज्दै बन्दकर्ताले दुर्ब्यवहार गरेको पत्रकार अनिल खत्रीले बताउनु भएको छ । समचार संकलनका लागि खटिएका पत्रकार माथी बन्दकर्ताद्धारा गरेको दुर्ब्यवहारले सर्वसाधरणको सुचनाको अधिकार माथी प्रश्न चिन्ह् खडा भएको छ ।

पत्रकार अनिल खत्री रुरु एफ एम ९४.८ को सम्बाददाता समेत हुनुहुन्छ । घटना प्रति रेडियो गुल्मी ९१.२ मेगाहर्जले आज एक प्रेस बिज्ञप्ती जारी गरी घटनाको घोर निन्दा र आपति ब्यक्त गर्दै प्रेस स्वत्रन्त्रता माथी र जनताले पाउनु पर्ने सुचनाको अधिकार मा कसै बाट यस्तो घटना नदोहोर्याउन र घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।
0 प्रतिकृयाहरु