गुल्मीका अधिकारकर्मीले पठाए एक पैसाका दरले सभाषदलाई भत्ता
Published on
9:37:00 PM //
गगनशिला खड्का
गुल्मीमा क्रियाशिल मानब अधिकारबादी संघ संस्थाहरुले विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख सुवास नेम्वाङ्गलाई अतिरिक्त भत्ता स्वरुप ६ रुपैया एक पैसा र ज्ञापनपत्र पठाएका छन । मानब अधिकारका लागि नागरिक समाज सञ्जाल, महिला मानब अधिकार रक्षक सञ्जाल र नेपाल पत्रकार महासंघ शाखा कार्यलय गुल्मीले विहिवार गुल्मीको सदरमुकाम तम्घासमा लालटिन जुलुश निकाली सभाषदहरुलाई अतिरिक्त भत्ता स्वरुप ६ रुपैया एक पैसा र ज्ञापनपत्र पठाएका हुन ।

राजनितिक दलहरुले अव आगामी दिनमा शान्ती प्रक्रियालाई टुङ्गो लगाई नयाँ संविधान निर्माण गरि संक्रमणकालको जति सक्दो छिटो अन्त्य गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ । साथै मानबअधिकारकर्मीहरुले संविधान सभाको चुनाबबाट निर्वाचि सभाषदहरुलाई राज्यको कोषबाट व्यवस्था गरिएको भत्ताले अपुग भएको महसुस गरी अतिरिक्त भत्ता स्वरुप प्रत्येक सभाषदलाई एक—एक पैसाका दरले ६ सय १ सभाषदलाई ६ रुपैया एक पैसा भत्ता पनि पठाएका छन ।
विहिवार नै मानबअधिकारकर्मी,पत्रकार र बुद्धिजिबीहको टोलीले शान्ती र संविधानको पक्षमा नागरिक दवावयात्रा समेत निकालेको छ । राजनितिक दलहरुले सत्ता लिप्साका कारण समयमै संविधान बनाउन नसेकेको विरोधमा कालो व्यानरमा सेतो अक्षरले लखेर संविधान बनाउनका लागि दवाव दिएको छ ।
0 प्रतिकृयाहरु